Monday, April 18, 2011

जनआन्दोलन दिवस र नयाँ नेपाल


- हरि नेपाली


नेपाली राजनीतिक इतिहासमा चैत्र २४ले विशेष महत्व राख्दै आएको छ । जनताले निरंकुशताका विरुद्ध संघर्षको उठान गरेको यस दिनलाई जनआन्दोलन दिवसको रुपमा मनाइने गरिएको छ । पंचायती निरंकुशतालाई फाल्न ०४६ को जनआन्दोलन चैत्र २४ गतेबाट उठेको थियो भने राजतन्त्रका विरुद्ध ०६२÷६३ को जनआन्दोलनको शुरुवात पनि चैत्र २४ बाटै हुन पुगेको थियो । शासन सत्ता परिवर्तन र शासकहरुका अत्याचारका विरुद्ध धेरै ठूल्ठूला आन्दोलनका आँधिबेहेरीहरु यही चैत्र २४ को सेरोफेरोमा आउने गरेका छन् । जनयुद्धकालिन समयमा पनि माओवादीले यही चैत्र २४ लाई केन्द्रविन्दु बनाई ठूल्ठूला फौजी कार्वाहीहरु सफल पारेर जनआन्दोलनलाई संघर्षको उर्जाको रुपमा लिने गरेको हो । जनताले गरेका ठूला जनसंघर्षहरुमा चैत्र २४ को विशेष ऐतिहासिक महत्व रहदै आएको छ ।


२०३६ सालमा पाकिस्तानी सैनिक सरकारले निर्वाचित राष्ट्रपति जुल्फीकर अलि भुट्टोलाई फाँसीको सजाय सुनाएपछि त्यसको विरोधमा पाकिस्तानी दुतावासमा ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीहरुमाथि प्रहरीको ब्यापक दमनका कारण सिर्जित विद्यार्थी आन्दोलनले देशमा तहल्का मच्चाएपछि त्यसलाई शान्त पार्नको लागि राजा वीरेन्द्रले जनमत संग्रहको जाल फ्याँके ।नेपाली जनताका सामु बहुदलीय व्यवस्था या सुधारिएको पाचायती व्यवस्था कुन रोज्ने भनेर दुई वटा विकल्प तेसा्रए । तर पाचायती शासकहरुले अनेकानेक षड्यन्त्रहरु गरेर सुधारिएको पाचायती व्यवस्था विजयी भएको घोषणा गरे । सुधारिएको पाचायती व्यवस्था भनिएपनि पाचायती निरंकुशताले झन्झन् दमन धरपकड गर्दै÷बढाउदै लग्यो । फलस्वरुप पाचायती कुशासनका विरुद्ध विद्रोहको ज्वाला दन्किन थाल्यो । त्यसैको कारण संयुक्त राष्ट्रिय जनआन्दोलन र संयुक्त वाममोर्चाको नेतृत्वमा भएको आन्दोलन २०४६ साल चैत्र २४ गते उत्कर्षमा पुग्यो । जसमा नेपाली जनताले ज्यानको पर्वाह नगरी ठुलो त्याग तपस्या र बलिदानी भाव प्रदर्शन गरे । जसमा निरंकुश राजतन्त्रको अन्त्य र पाचायती व्यवस्थाको खारेजी मुख्य सर्त थियो । अन्ततः तत्कालीन राजा वीरेन्द्रले नेपाली छोराछोरीहरुले गरेको आन्दोलनको अगाडी घुँडा टेक्न बाध्य भए । विडम्बना राजतन्त्रको अन्त्य नगरी नेपाली काँग्रेस र वाममोर्चाले बहुदलीय व्यवस्थाको घोषणामा मात्र चित्त बुझाएपछि चैत्र २४ मा नेपाली जनताले देखाएको शौर्य पराक्रम तथा जनताको लक्ष्य र चाहना अधुरो हुन पुगेको हो ।
बहुदलीय व्यवस्थाको उदय भएपछि संसदीय राजनैतिक दलहरुको स्वेच्छाचार दिन दुइगुणा र रात चौगुणा वृद्धि हुदै गयो । देश र जनताको हित भन्दा पनि व्यक्तिगत लाभहरुमा बढी केन्द्रित हुन थाले जसले गर्दा नारायणहिटीको गुफाभित्र थुनिएर रहेको राजतन्त्र फेरी जुर्मुराउन थाल्यो । मुलुकलाई आफ्नै विर्ता सम्झेर एकछत्र राज गर्ने देशका प्राकृतिक सम्पदाहरुलाई विदेशी सामु सुम्पिने र आफ्ना हक अधिकारका लागि आवाज बुलन्द गर्ने जनताहरुमाथि गोली बर्षा गर्दै व्यापक दमन गर्ने नीति अख्तियार गर्दै गयो बहुदलीय व्यवस्थाका ठेकेदारहरुले । जसका कारण २०५२ साल फागुन १ गतेबाट नेकपा माओवादीको नेतृत्वमा जनयुद्धको शंखघोष भयो । जनयुद्धको सुरुवातसंगै बहुदलीय व्यवस्थाका संसदीय राजनैतिक दलहरु एकातिर सदरमुकाम केन्द्रित हुन पुगे भने अर्कातिर आम नेपाली जनताका इच्छा र चाहनाहरुमाथि गद्धारी गर्दै सत्ताको भागबण्डा र लुछाचुडीमा व्यस्त हुने थाले जसको फाइदा उठाउदै ज्ञानेन्द्रले ती राजनैतिक दलहरुलाई सडकमा हुत्ताइदिएपछि जनयुद्धरत नेकपा माओवादी र प्रत्येक पटक निर्णायक आन्दोलन भन्दै सत्ता बार्गेनिङ्गको आन्दोलन गर्दै आएको सात राजनैतिक दलहरु वीच १२ बुँदे समझदारी भएपछि २०६२ चैत्र २४ गतेबाट नै निर्णायक आन्दोलनको सुरुवात भएको थियो । सो आन्दोलनमा १९ दिनसम्म नेपाली जनताले बीरतापुर्ण ढंगले आफ्नो शक्ति प्रदर्शन गर् यो र आज नेपालमा राजतन्त्रको अबशेष इतिहासमा मात्र बाँकी छ । त्यसैले नेपाली आन्दोलनको इतिहासमा चैत्र २४ गते सधैं अविस्मरणीय दिनको रुपमा चिनिएको छ र चिनिईरहने छ ।
यतिखेर देश एकदम संक्रमणकालीन अवस्थाबाट गुजि्ररहेको छ । भारतीय विस्तारवादका नङग्राहरु हरबखत नेपालमाथि धावा बोल्न उद्यत छन् । नेपाली जनताको ठूलो त्याग तपस्या र बलिदानबाट प्राप्त संविधानसभा भंग गर्न देशी विदेशी प्रतिकि्रयावादीहरु ज्यान छोडेर लागिरहेका छन् । दिनदहाडै सडक चोक गल्ली र यातायातका साधनहरुमा बम पड्किन थालेका छन् । धमिलो पानीमा माछा मार्नेहरु देशमा अस्थिरता सिर्जना गरेर देशलाई गृहयुद्धमा फसाएर कुत्सत अभिष्ट पुरा गर्न चाहन्छन् । अझ त्यति मात्रै नभएर आफु सत्तामा हुदा जनताका हक अधिकार मुद्धाहरुलाई चटक्कै विसर्िएर सत्ताको लुछाचुडीमा लाग्ने एवं व्यक्तिगत स्वार्थ पुरा गर्न जेसुकै गर्न तयार हुने र सत्ताबाट बाहिरिने वित्तिकै जनताको नाममा जनताकै गला रेटेर विदेशीहरुलाई खुसी पार्ने प्रवृति नेपाली संसदीय राजनैतिक दलहरुमा बढ्दै गइरहेको छ । संविधान जारी गर्नुपर्ने दिन घाँटी सम्म आइपुगेको छ तर दलहरु एकअर्कालाई संविधान नबनेको दोष देखाउदै धारे हात लगाउने लोसे धन्दा व्यस्त छन् । राजनैतिक दलहरुको यही पाराले तोकिएको समयमा संविधान करिब करिब नबन्ने प्रष्ट भइसकेको छ भने कुनै चमत्कार भइहाल्यो र बनिहाल्यो भने पनि जनताको पक्षमा नबन्ने निश्चित छ । संविधानसभा भंग गरि नयाँ निर्वाचन गर्नुपर्छ भन्दै नेपालका लागि भारतीय राजदूत नेपालमा सहयोग गर्ने नाममा कुटनैतिक मुल्य र मान्यताहरलाई कुल्चदै राजनैतिक दलका नेता झै गाउँगाउँ भाषण गर्दै हिडिरहेका छन् । आफुलाई राष्ट्रियताका हिमायती ठान्ने संसदीय राजनैतिक दलका नेताहरु उक्त भत्स्रनायोग्य कार्यको विरोध गर्नुभन्दा पनि आर्शिवादका लागि क्रमैसँग दिल्ली दरबार धाउने काम गरिरहेका छन् । जसले गर्दा देश स्वाधीन राष्ट्र बन्ने भन्दा पनि भारतीय उपनिवेश बन्ने दिशामा अघि बढिरहेको महसुस जनताले गर्न थालेका छन् । संवैधानिक राष्ट्रपतिको रुपमा रहेका रामवरण यादवले एकीकृत नेकपामाओवादीका अध्यक्ष प्रचण्ड लगायत राजनैतिक दलका नेताहरुलाई शितल निवासमा बोलाउदै नेपाली काँग्रेस र पदको लागि आफु स्वयंलाई पनि फुटाउन तयार हुने मधेसी दलहरुको एजेण्डा लागु गराउन दवाव दिनुले माघ १९ पछिको ज्ञानेन्द्रको झझल्को दिएको छ । राष्ट्रपति सहितका प्रतिगामी शक्तिहरु तोकिएको समयमा संविधान जारी गर्ने भन्दा पनि जसरी हुन्छ संविधान निर्माण प्रकि्रयालाई अबरुद्ध बनाएर राष्ट्रपति शासनको गृहकार्यमा लागेको देखिन्छ । अझ राष्ट्रपति जस्तो व्यक्तिले संविधानसभाको दुई तिहाई मतबाट संविधान पारित गरेर जारी गर्ने प्रावधान हुँदाहुदै पनि कुनै पनि शक्तिले दुई तिहाईबाट जारी संविधान जलायो भने के हुन्छ भन्ने नितान्त गैरजिम्मेवार तरिकाले धम्कीको भाषा बोल्नुले पनि भित्रभित्रै देशलाई बन्धक बनाउने खेल हुदैछ भन्ने अनुमान गर्न मुस्किल छैन ।
संविधानसभाको जननी एकीकृत नेकपामाओवादी भएकै कारण संघीयता सहितको राज्य पुर्नसंरचना र जनमुखी संविधान निर्माणमा माओवादीको नै अग्रणी भुमिका हुनेगर्छ र हुनु पनि पर्छ । पछिल्ला दिनहरुमा 'आश लाग्दो केटो जेठाजू' भनेझै माओवादीको केन्द्रस्तर देखि स्थानीय स्तरसम्म अन्र्तविरोध चुलिदै गएकोमा आम नेपाली जनता चिन्तित देखिएका छन् । आम शोषित पीडित तथा श्रमिक वर्गको मुद्धाहरु ओझेलमा पर्ने हो कि भन्ने आशंका छ । यदि यही क्रम बढ्दै जाने हो भने साम्यावादको महान् लक्ष्य बोकेर साम्यवादको यात्रामा दौडिएको माओवादीमात्र नभई राष्ट्रिय स्वाधीनताको आन्दोलन र िसंगो राष्ट्र समेत संकटमा नपर्ला भन्न सकिन्न । तर अन्र्तविरोधहरु हल गर्न नसक्ने ढंगले नै विकसित नभई सकेकोले केही गर् यो भने माओवादीले नै गर्छ नत्र कसैले पनि गर्दैन भन्ने विश्वास नेपाली जनतामा अझै जीवित नै छ । त्यसैले आम नेपाली जनताको भावना जनयुद्धमा आफ्नो प्राणको आहुति दिएका हजारौ शहिदहरु सयौ घाइतेहरु तथा वेपत्ताहरुको त्याग तपस्या र बलिदानलाई आत्मसात गर्दै चैत २४ लाई भाषणमा र बर्षको एकदिन मात्र सम्झने नभई ब्यवहारको कसीमा उतार्नको लागि आफु भित्र सिर्जना भएका÷सिर्जना गरिएका तमाम अन्र्तविरोधहरुको हल गरेर पार्टीलाई एकढिक्का र एकताबद्ध बनाई अमेरिकी साम्राज्यवाद भारतीय विस्तारवाद र त्यसका घरेलु दलाल तथा प्रतिक्रयावादीहरुका चक्रव्यूहहरुलाई तोड्दै जनताको संघीय गणतन्त्र सहितको जनमुखी संविधान निर्माणको दिशामा अघि बढ्नुको विकल्प छैन । त्यसैलॆ ३६५ दिनलाई नै चैत २४ बनाउनु अपरिहार्य छ तब मात्र हामीले परिकल्पना गरेको समुन्नत र समतामुलक समाज निर्माण सम्भव छ ।






Thursday, March 31, 2011

काव्यीक वाचन श्रृंखलाको थालनी




दोहा / नवोदित साहित्यिक मोवाईल पुस्तकालय, कतार र अन्तरास्ट्रीय नेपाली  साहित्य समाज कतार च्याप्टरको संयुक्त संयोजनमा प्रत्येक महिनाको दोस्रो शुक्रबार काव्यीक वाचन श्रृंखलाको थालनी हुने भएकोछ ।उसले  कतारमा रहनुभएका सम्पूर्ण  स्रष्टा, र्सजक र नवोदित साहित्य अनुरागीहरुमा चुल्हो निम्तो सहित आफ्नो रचना लिएर सहभागीताको लागि हार्दिक अपिल गर्दर्र्छौ । रेगिस्तानमा साधनारत साहित्यक साधकहरुको काव्यीक श्रृंखलालाई ऐतिहासिक बनाउन तपाई साहित्यकार, पत्रकार, बुद्धिजिवी, व्यवसायी साथै साहित्य अनुरागीहरुमा स-विनय यसैलाई निमन्त्रणा स्वीकार गरिदिनु आग्रह पनि गर्दछौं । भन्दै सुचना प्रकाशित गरेको छ सुचनामा बताए अनुसार अप्रिल महिनाको ०८ तारीखका दिन  दोहा स्थित टपफर्म रेस्टुरेंट मा गर्ने जनाएको छ 

साथै उक्त अबसरमा नवोदितको स्थापनाकाल देखि संस्थाको बिभिन्न पदमा कार्यरत निवर्तमान नवोदित मोवाईल पुस्तकालय सचिव तथा हाल मोवाईल पुस्तकालयको संयोजक इश्वर दाहाल कवीजी कतार नर्फकने गरि स्वदेश र्फकने तयारीमा हुनुभएकोले वहाँलाई साहित्यिक बिदाई गरिने कार्यक्रम पनि रहेको छ ।
like 

Tuesday, March 22, 2011

खाड़ी र नेपालीको स्थिति




महेश्वर नेपाल 

फोटो - बाबुगोर्खाली वर्ड प्रेस डट कम  
देश संक्रमण कालमा गुजि्ररहेको छ यसको फाइदा ब्यापारि देखी सरकारी निकायका उच्च पदस्थ अधिकारिहरु सम्मले लिन भ्याएका छन् । नेपालको कानुन दैबले जानुन भन्ने आहन नेपालमा लागु भइरहेको छ । सरकारमा बस्नेहरु आफु अनुकुलको नियम कानुन बनाउन लागिपरेका छन । ता कि भोलीका दिनहरुमा अफठ्यारो पर्दा आफु सजिलै बच्न सकियोस ।

मन्त्रीले हानेको झापड देखी नेताले खाएको झापड तिनै कानुनको अभावले गर्दा हो । यहाँ अहिले कोहि चोखो हुन सकेका छैनन् ।आफनो पद र मर्यादालाई भुल्दै छिट्टै धनि बन्न सबै लालायित बनिरहेका छन ।ब्यापारीहरु राजस्व छल्न देखि कालाबजारि र गुणस्तरहिन सामान बेच्दै छन । कर्मचारीमा ब्यापक राजनिती र भ्रष्टचारी प्रबृति बढिरहेको छ । राजनितीक दलका नेताहरु कसरी आफ्नो नेतृत्वमा सरकार बनाउने हो भन्ने ध्याउन्नमा लागिरहन्छन ।

बिदेशमा रहेका नेपालीहरुको अभिभाबकिय दायित्व निभाउन आइपुगेका कुटनितिज्ञको हर्कतले नेपाली कुटनितीक क्षेत्रमै कालो धव्वा लगाई दिएको छ । बिदेशमा रहेका प्राय नेपालीहरुको समस्या भनेको समयमा तलब सुबिधा नपाउनु म्यानपाबरबाट आएकाहरु म्यानपावरले भनेजति तलब सुबिधा नपाउनु औषधि उपचार लगायतका सेवा सुबिधा बाट बन्चीत हुनु बिमा ग्राचिटी लिभ पे लगायतका सुबीधाबाट नेपालीहरु पिडीत हुने गर्दछन् ।

पासपोर्ट परिर्वतन गरि अर्कैको पासपोर्टमा आउने भिषा एउटा कम्पनीको श्रम सम्झैता अर्को कम्पनीको भिषा एउटाकामको यता आएपछि अर्कौ काम तथा नक्कली श्रम स्वकृतमा नक्कली श्रम स्टिकरको प्रयोग गरि बिदेश पठाउने गिरोहहरु नेपाल तथा बिदेशमा सकि्रयरहेका छन । कतारमा यस्ता पिडितहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । जसलाई कतारबाट नेपाली नियोगले हप्तै पिच्छे कार्बाहिको माग गर्दै श्रम मन्त्रालय परराष्ट्र बैदेशीक रोजगार बिभाग लगायत समब्नधीत निकायलाई पत्र काटछ तर समबन्धीत निकाय भने आफु के बाट चलिरहेको छु र आफ्नो कर्तब्य के हो त्यो भुलेर दलाल र मानव तस्करहरु सँग साँठ गाँठ गर्दै सरकार कस्को नेतृत्वमा बनाउने भन्दै ब्यस्त रहेको छ ।

४/५ सयलाई अलपत्र पारेर ८/१०जनाको उद्धार गरेको भरमा एउटा नियमको लागु गर्ने भन्दै अझै अलपत्र पार्ने म्यानपाबर लाईनै उत्कष्ट म्यानपाबर भन्दै पुरस्कृत गर्न लालाइत बन्ने गर्छ । ५०/५५ डिग्रीको चर्को घाममा पसिना बगाउनु पर्दाको पिडा कति हुन्छ त्यो त पसिना बगाउनलाई मात्रै थहा हुन्छ ।

खबुज रोटी र पानीको भरमा कहिले महिना मर्ला र साउको ब्याज तिर्ने पैसा पठाउन पाइएला भनेर बस्नेहरु कोहि सुतेको सुत्यै हुन्छन कोहि काम गर्दा गर्दै काम गर्ने स्थान बाट खसेर त कोहि मेशेनरी ज्ञानको अभाबमा अकालमै आफनो इहलिला समाप्त हुन्छ । उनिहरुको त्यो मधुरकल्पना कल्पनामै सिमीत हुन पुग्दछ । कार्य क्षेत्रमा दुर्घटनामा परि मर्नेको परिवारले त क्षति पुत्र्ति बल्डमनि पाउने गर्छन त्यो पनि कम्पनी गतिलो पर् यो भने बिना झन्झट । तर त्यस्तै कम्पनी पर् यो भने त धेरै लफडा हुने गर्दछ । तर सुतेको सुत्यै हर्टअटेक भएर मर्नेहरुको परिवारले भने क्षति पुर्ति केहि पनि पाउँदैनन ।

उता मुलुकमा सत्ता लोलुप्तताको फोहोरी खेल प्युठाने मुला सपि्रए सरी सप्रीरहेको छ । अमन चयन र शान्तिको नारा नारा र भाषणमै सिमीत हुन पुगेको छ । यसको ुरियाक्सनु देशकायुवा शक्तिहरु परिरहेको छ र बिदेश पलायन भइरहेका छन चाहे त्यो पढने बहानामा होस या काम गर्ने बहानामा । मुलक अनिर्णयको बन्दि बनि अँयौलमय बनिरहेको छ काम चलाउ सरकारबाट देश चलिरहेको सात महिना पछि बल्ल एउटा नाटकको अन्त्य गर्दै प्रधानमन्त्री छानिएका छन । रोजिरोटीको जोहो गर्न परदेशिनेहरुको लाम थपिदै गएर अहिले त्रिभुबन अन्र्तराष्ट्रिय बिमान स्थलबाट मात्रै दैनिक एक हजारको हाराहारिमा नेपालीहरु बिदेश पलायन हुने गरेको एक तथ्यांकले भन्छ । भारतिय नाका हुदै मुलुक छाडनेको त कसै संग हिसाबै छैन । यसरी परदेशीनेहरुमा आफ्नो जन्मभुमी बाट टाढा हुनु को पिडा एकातिर छ भने अर्का तिर रोजिरोटीको सरल र मधुरकल्पनामा बहकिनेहरु बिच बिदेशी भुमीमा रोजगारीको असहजता बढदै गइरहेको छ ।
नेपालीहरुकालागी रोजगारीको प्रमुख गन्तब्य बन्दै आएको मलेशीया साउदिअरब कतार र दुबई हुन । त्यसमाथी यि राष्ट्रहरुमा जति धेरै नेपालीहरु छन त्यतिनै धेरै समस्याहरु पनि छन । म्यानपाबरहरुका मनगणन्ते फुस्रा कुराहरुले सोझ सिधा नेपालीहरु ठगिनेक्रम झन झन बढदै गइरहेका छन ।



भर्खरै एसीयन गेम सम्पन्न गरेको यस मुलुकले आगामी एक दशक पछि अर्थात २०२२मा फुटबलको महाकुम्भ बिश्वकपको आयोजना गर्दैछ । यस देशको क्षेत्रफल ११हजार४सय ३७ बर्ग किलोमिटर छ । त्यसका लागी यसले धेरै बिकास निर्माण गर्नु पर्ने छ र गर्दै पनि छ । यहाँको मुख्य आय श्रोत भनेको तेल र ग्यास नै हो । नेपालीहरुको रोजगारीको प्रमुख गन्तब्य बन्दै आएको कतारमा नेपालीहरुको संख्या यति नै छ भनेर यकिनका साथ भन्न सक्ने स्थीती छैन तर सबैले भन्ने गर्छन ३लाख ५०हजार भन्दा बढिको संख्यामा नेपालीहरु कानुनि र गैरकानुनी रुपमा काम गरिरहेका छन् । नेपाली अर्थत्रन्तको कुल हिस्सा मध्ये कतार बाट मात्रै २१ प्रतिशत रेमिन्ट्यान्स नेपाल भित्रने गर्दछ ।नेपालीहरुको हितको लागी तलबमान कम्ती भएको भन्दै एक बर्ष अगाडि अर्थात जनबरी २०१० देखीलागु हुने गरी नेपाली दुताबासका महामहिम डा. सुर्यनाथ मिश्रले एउटा कदम चालेका थिए । उक्त कदमका बिरुद्ध यहाँ मानव तस्कर गर्न पल्केकाहरुलाइ अपच भयो र नेपाली श्रम बजार प्रभावित हुने भन्दै नेपाल सरकारलाइ त्यसको कार्यान्वयन नगर्न आग्रह गरेका थिए । नेपाल सरकारले पनि नेपाली दुताबासको उक्त पत्रको वास्ता गरेन । उल्टै बैदेशिक रोजगार बिभागमा बिदेश पुर्ब कामदारहरुले जम्मा पारेको राजस्वको धज्जी उडाउदै नेताहरु तिनै श्रमिकको नाम जप्दै बिदेश भ्रमण गर्न तम्तयार हुन्छन र अन्त्यमा ताइ न तुइ हात लाग्यो दुइको स्थीती आई पर्छ ।

यहाँ जति धेरै नेपालीहरुको उपस्थीत रहेको छ सरकारी कर्मचारीको भने ज्यादै न्युन उपस्थीती रहेको छ । एक जना श्रम सहचारीले सबै काम हेर्नु परिरहेको छ । सरकारले ५हजार भन्दा बढि श्रमिकहरु भएको देशमा एक श्रम सहचारी राख्ने भनेको छ तर ५हजार भन्दा माथि कति सम्मलाई हो त्यो खुलाउन सकेको छैन । दताबासमा पिडीत नेपालीहरु आश्रय लिएर बसिरहेका छन् । २००७मा घरफिर्ती केन्द्रमा ११०० नेपालीहरु रहेछन त्यसको तिन बर्ष पछि अर्थात हाल २०१०को अन्त्यमा भने घटेर २०८ मा आएको दुताबसको तथ्यांकाले बताउछ । 

दुताबासको   रेर्कडअनुसार २०१०मा दुताबासमा २ दिन देखी १२ महिना सम्म आश्रय लिएर पिडीतहरु बसेकाछन उनिहरुलाई रासन पानीको ब्याबस्था गर्न गाह्रो परिरहेको छ । बेला बेलामा यहाँ रहेका संघ संस्था र केहि समाजसेबिहरुले रासनपानी उपलब्ध गराउदै आएका छन । अझ यो बर्षको बजेटमा त दुताबासहरुलाई दिइदै आएको रकम समेत हटाइएको छ । थप गर्नु पर्ने ठाउँमा उल्टै किन हटाइयो ।

उता कतारको छिमेकी देश साउदिअरब जहाँ मध्यपुर्बमै सबै भन्दा बढि नेपालीहरु श्रमरत छन त्यहाँ ५÷६लाख नेपालीहरु कार्यरत छन भने त्यहाँ बिभीन्न परिबन्दमा ४÷५हजार नेपालीहरु त्यहाँको को जेलमा रहेका छन । दुताबासको सेल्टरहाउसमा मात्रै अहिले महिलाहरु २० जना आश्रय लिएर बसिरहेका छन् यो संख्या दैनिक घटबढ भइरहेको हुन्छ भने त्यहाँ पुरुषहरुलाई राख्ने कुनै सेल्टर हाउस छैन । यि देशहरुमा एक एक जना श्रमसहचारीले ३ देखी ६ लाख सम्म श्रमीकहरुको काम गर्नु परिरहेको छ । प्राध्यापक पेशा बाट कुटनितीक क्षेत्रमा लागेका साउदिका राजदुतले मरेको मान्छेको पैसा खाएको खबरले सनसनी मच्चायो अख्तीयारले स्पष्टिकरण माग्यो परराष्ट्रमन्त्रीले उल्टै राजदुतको पक्षमा लागेर अनाबश्यक बोलीन हुन त उनलॆ परराष्ट्रमन्त्रीे कहिले पो राम्रो काम गरेको रेर्कड छ र तत्कालिन मन्त्री परिषदले उनको निलम्वन गरे अख्तीयारले स्पष्टिकरण मागीरहेको बोलामा कसैलाई पत्तै नदिइ दिल्लीको बाटो हुदै नदिइ पुनः उनि साउदि पुगेका छन तर किन हो झापाका रमेश सुबेदिको डेढबर्ष अघि कार्य स्थलमा दुर्घटनामा परि मृत्यु भएपछि कम्पनीले दुताबासको नाउमा समबन्धीत ब्यक्तिको बल्डमनि उपलब्ध गरायो तर दुताबासका महामहिमले उक्त बल्डमनि समबन्धीत परिवारलाई उपलब्ध नगराएर आफनै नाउमा राखेछन ।

त्यसको डेढ बर्ष पछि अख्तीयारको आँखा पर् यो र अख्तियारले स्पष्टिकरण माग गर् यो बयानै पिच्छे उनले आफनो स्पष्टिकरण फेर्दै गए कहिले चेक आफु सँगै रहेको कहिले उक्त चेक आफनो निजी खातामा नरहेको त कहिले उक्त चेक दुताबासको दराजमा राखीएको छ भन्दै हिडनथालेका छन् । आफ्नो कति सपना साँचेर पराइ भुमीमा पसिना बगाइरहेका थिएहोलान घर भरिको ऋण तिर्ने छोरा छोरीलाई राम्रो स्कुलमा पढाउने आदि आदि । कार्यक्षेत्रमा दुर्घटनामा परि मत्यु हुँदा कम्पनीले उपलब्ध गराएको क्षतिपुर्तिको रकम बल्डमनि समेत आफ्नै नाउमा कुम्ल्याउने हुर्मत राख्नेले त्यहाँको फर्जि कम्पनीहरु सित मिलेर कति श्रमजिबीहरुको पेटमा लात हाने होलान ।
उनको कार्यकालमा केहि राम्राकाम हरुपनि भएहोलान तर ति सबै ब्यर्थ हुन पुगेका छन । भनिन्छ मान्छेका हजारौं राम्राकाम बराबर एक नराम्रो काम कयौं नेपालीहरुको शव त्यहाँको अस्पतालमा कानुनि उपचारको अभावमा परिरहेको छ ।

 एउटा सानो दःखद खबरले त घरपरिवारमा कति ठुलो पिर परिरहेको हुन्छ भने महिनौं सम्म त्यहाको अस्पतालमा बसेको लाशहरु समबन्धीत परिवारले समयमै पाउन नसक्दा कस्तो पिडा खेप्नु पर्छ होला त्यो त भोग्नेलाई मात्र थहा हुन्छ । हुन त नेपाल सरकार नै दलाल हरु सित मिले पछि कस्को क लाग्छ र सान्ती सुरक्षा र थोरै भए पनि लगानी गर्ने बाताबरण सरकारले आफ्नै देशमा बनाइदिन सकेको खण्डमा बिदेशमा सिकेको सिपको सहि सदुपयोग आफ्नै देशमा गर्ने थिए ।


Friday, March 4, 2011

कबिता

-महेश्वर नेपाल

झरिपर्ने आशमा 


खडेरी परेको गाउँका
असंख्य अनुहारहरु
आकाशतिर हेर्दै 
झरि पर्ने आशमा
छटपटाइ रहेछन
यहि खडेरीका कारण
काकाकुल बन्दै 
कयौं अनुहारहरु
अरेबियन सागर देखी
कोलम्बसको गाउँ सम्म
किन्चीत भए पनि
प्यास मेटाउने बहानामा
दौड धुप गर्दैछन्
तिनै दौड धुपगर्ने असंख्य मुहारहरु
कहिले झम झमी झरी पर्ला र
आफ्नै भुमी हरियाली बनाउन पाइएला
भन्दै आशाको साने त्यान्द्रो लिएर
घरि यता घरि उता भौंतारीरहेछन
उता

उता खडेरी परेका गाउँमा
बिजुली चम्क्यो अरे

मेघ गर्जदै छ अरे
केहि खुसकिा रेखाहरु
ति अन्जान अनुहार भरि झल्कन्छन
तर ति सबै ब्यर्थ हुन्छ

त्यो खडेरि परेका गाउँमा
अचेल भिर
सुकैपिन
मेघ गर्जन्छ 
बिजुलि चम्कन्छ 
तर आकाश सधैं सफा देखीन्छ
झरि पर्नलाई त
आकाशमा कालो बादल मडारिनु पर्ने
थोरै हावा हुरी चल्नु पर्ने
तर त्यो देशको आकाशमा
काकाकुलहरु रम्दै छन
तिनीहरुलाई झरि संग सरोकारै छैन
मैले बिगत साढे दुईबर्ष देखि
देख्दै छु सफा आकाश 

तै पनि त्यो देशका
असंख्य अनुहारहरु
झरि पर्ने आशमा
आकाशतिर नियाली रहेछन



दोहा, कतार

Thursday, March 3, 2011

उपल्बधी बिहीन समय






एक बर्ष भन्दा बढि भएछ बल्ग सन्चालन गरेको मैले ।साथीहरुको बल्ग देखेर मलाई पनि रहर जागेर आएको थियो र मैले पनि एउटा बल्गको कल्पना गरंे । तर केहि समय पछि समयभावको कारणले गर्दा यो अबधिमा मैले केहि उपलब्धी हासिल गर्न सकिन यस मानेमा म अल्छि भएको भने पक्कै होइन केहि प्राबिधीक कारणहरुले गर्दा यसलाई निरन्तरता दिन सकिन मैले ।

आफु सित लेख रचान नभएको बेलामा साथी भाई र अन्य श्रोत बाट कपि एण्ड पेस्ट गर्दै भएपनि केहि समय सम्म सन्चालन गरे । तर पछि कता कता के नभएजस्तो लाग्न थाल्यो र साथीकै बल्गमा भएपनि केहि लेख्नु पर् यो भनि जमर्को गरें ।

अहिले आएर फेरि एका एक बल्गलाई निरन्तरता दिन मनलागेको छ । हेरौं कतिको सफलता हात लाग्दछ । लेख्छु भन्न जति सजिलो छ लेख्न लाई त्यति नै गाह्रो हुदो रहेछ । बल्गको डिजायनमा सहयोग गर्नु हुने आदरणीय गितकार दाजु भानु तिरस्कृत प्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा समसामयिक लेखहरु लिएर तपाइहरु सामु उपस्थीती हुनेनै छु मनमा लागेका कुराहरु भने झटारो हान्न नभुल्नुहोला ।



Thursday, October 21, 2010

असली अनुराधा

टेलिफोनका घन्टी बजे। सेलफोनको 'म्यासेज बक्स' र इमेलका 'इन्बक्स' भरएि। इन्टरनेटका सामाजिक सञ्जाल-साइटको त कुरै भएन। के घर, के कार्यालय र के जमघट! सबैले उनलाई बधाई र शुभकामना दिए। हौस्याए। कर्मप्रति अरू ऊर्जाशील हुन उत्प्रेरति गररिहे।



'सीएनएन टपटेन हिरोज'को मनोनयनमा परेपछि लाम लागेका निरन्तर शुभकामनाबीच अनुराधा कोइरालालाई एउटा पृथक् महत्त्वको सन्देश पनि प्राप्त भयो। मूर्त क्षणमा अमूर्त परलिक्षणासहितको त्यो बधाई सन्देश उनीसँग २२ वर्ष पहिला छुट्टएिर बसेका श्रीमान् दिनेशप्रसाद कोइरालाको थियो। सन्देश सुनेपछि उनी निर्निमेष टोलाइन् रे ! सोचिन् रे! र, निष्कर्षमा पुगिन् रे, 'सत्कर्ममा डटिरहनुपर्छ, फैसला समयले गर्छ।' कुरा समयान्तरको थिएन। कुरा सघन संवेग र संवेदना अन्तरनिहित द्वन्द्वात्मक सम्बन्धको एउटा कथानक 'कडी'को थियो। त्यसैको उतारचढावमा भड्किएका दुई आत्माको थियो।



संस्कार, सम्बन्ध, 'इगो' र यिनको वैयक्तिक प्रभावबारे कुराकानी भइरहँदा अनुराधाको गोलो र स्िनग्ध मुहारमा भने सियाँल छाइरहेको देखिन्थ्यो। भाव निचोरएिर निधारमा केन्दि्रत थियो। ६० पुग्नै लागेको ढल्कँदो उमेर र त्यसैमा पनि नितान्त निजी तर मानवीय प्रसंगले मुजा पारेको निधार स्वाभाविक पार्दै उनले भनिन्, "सम्बन्ध भन्ने कुरा बडो विचित्र रहेछ। त्यत्तिकै जटिल र संवेदशील पनि। व्यक्ति-व्यक्तिबीचको सोचान्तरले कति धेरै फरक पार्छ। तर पनि, हामी कहिलेकाहीँ कुराकानी गर्छौं।" उत्तरार्धको यस मोडमा अनुराधाले आफ्ना श्रीमान्लाई संकेत गरेर यसो भनिरहँदा प्रश्न उठ्छ, "के तपाईं श्रीमान्सँग फेर िसँगै बस्न तयार हुनुहुन्छ, सम्भावना कत्तिको छ ?" जिज्ञासा नटुंगिँदै उनमा भावान्तर देखा पर्‍यो। निमेषभरको मौनतापछि अनुराधा मुस्कुराउँदै भन्छिन्, "मलाई त केही आपत्ति छैन। तर, उहाँलाई गाह्रो छ। म उहाँको अप्ठ्यारो बुझ्न सक्छु।" सम्बन्धबारे अनुराधाले जानेको अन्तिम सत्य यही हो।



उनको औपचारकि 'डिभोर्स' भएको छैन, जति पानी बगे पनि खोला उहीजस्तो। सायद, परम्पराप्रतिको घुमाउरो विश्वास पनि हुनसक्छ, अनुराधाको निधारमा मखमली गोलो टीका कहिल्यै छुट्दैन। सम्बन्ध सेतुका रूपमा छोरा मनीष, बुहारी र एउटा नाति पनि छँदैछन्। यति हुँदाहुँदै पनि उनीसँग उनका श्रीमान् साथमा छैनन्। "कहिलेकाहीँ सोच्छु, मेरो जवानी बेकारमा खेर गयो," उदास मुद्रामा उनी सुनाउँछिन्, "धन्न म जति पनि दुःख झेल्न सक्ने र जति सुख पनि भोग्न सक्ने आत्मबल भएकी नारी भएर हो।" हुन पनि हो, जिन्दगीले 'यूटर्न' लिन आत्मविश्वास आवश्यक पर्छ, जुन अनुराधासँग थियो।



१८ वर्षसम्मको वैवाहिक जीवनमा प्रणय कम र 'इगो' बढी अनुभव गरेकी अनुराधाले विसं २०४५ मा बालक छोरासहित श्रीमान् 'छाड्ने' निर्णय गरनि्। "त्यो अवस्था त्यसै आएको थिएन, समझदारीहरू टुक्रिँदै जाँदा एउटा यस्तो विन्दुमा आइपुगियो, जहाँ हामी दुवै एक स्थानमा बस्नै सकिएन।" ईष्र्या र शंकाकै कारण आफूले त्रासद् दाम्पत्य जीवन भोगेको बताउने अनुराधाले घर छाडेपछि भने पढाउने पेसामा मात्र लागिनन्, सँगसँगै महिलाहरूमा भावना पढ्न पनि सुरु गरनि्। निःसहाय, निराश र विचलित महिलाका भावना। "म त पढेलेखेकी थिएँ। सक्षम थिएँ। केही न केही गर्न सक्थेँ। गररिहेकी पनि थिएँ। तर, त्यस्ता महिला, जोसँग शिक्षा थिएन। आत्मबल थिएन। र, अर्थ पनि। उनीहरूको मनोदशा साँच्चै दयालाग्दो देखिन्थ्यो।" पशुपति क्षेत्रवरपर घुम्दा नजर पर्ने कलेँटी परेका ओठ, कालोपोतोले बिग्रेको छाला र आशा हराएका आँखा उनका मुटुमा बिझे। देशमा प्रजातन्त्र आए पनि निम्नवर्गीय महिलाका सपनामा घुनपुतली उस्तै थिए। 'सहरमा त यस्तो, गाउँमा अझ के होला !' यस्तो सोच्दासोच्दै अनुराधाको मनमा एउटा उपाय फुर्‍यो। उनले आठ निर्धन महिलालाई छानिन्। र, एक-एक हजार रुपियाँ उपलब्ध गराइन्। ती महिलाले गौशालावरपर नै नाङ्लो पसल खोले। "त्यतिबेला मैले हरेक महिलाले दिनको दुई रुपियाँ संकलन गर्नुपर्ने नियम बनाएकी थिएँ," उनी दुई दशकअघिका दिन सम्भिmन्छिन्, "विस्तारै ती महिलाको जीवनमा परविर्तन देखा पर्‍यो। यसले मलाई पनि अनुपम सन्तुष्टि दियो।" यही सन्तुष्टिले अनुराधालाई समाजसेवाको राजमार्गमा दौडन प्रेरति गर्‍यो। दुःखीले दुःख देख्छ भनेझैँ उनले आफ्ना कतिपय पीडालाई खोकिलामा च्यापेर अरूका निम्ति केही गर्नुपर्छ भन्ने अठोट गरनि्।



०४७ साल गर्मीको महिना थियो। एबीसी नामको संस्थाले उद्धार गरेर गीता सुनारलाई मुम्बईबाट काठमाडौँ ल्यायो। एड्सले थलिएकी गीतालाई त्यो संस्थाले राख्ने ठाउँ पाएन। तर, अनुराधाले हिम्मत गरनि्। र, आफू सुत्ने कोठामा ल्याइन्। भन्छिन्, "एड्स लागेको भनेर छिःछिः र दूरदूर गरेको देखेपछि मेरो मन कुँडियो र गीतालाई मसँगै राखँे।" एउटै कोठमा उठबस गर्दा गीताले सुनाएका विरक्त र कहालीलाग्दा 'कोठी' वर्णनले अनुराधालाई झस्काउनसम्म झस्कायो। गरबिी, अशिक्षा, शोषण, बाध्यता र महत्त्वाकांक्षाको परचिक्रमा फसेका नेपाली चेलीको 'मुम्बई यात्रा' रोक्न त्यति सहज थिएन। त्यसका लागि जनचेतना अभियानको जरुरी थियो। संस्था जरुरी थियो। पैसा, निरन्तरता र समर्पण जरुरी थियो। "त्यसैले, ०४८ सालमा माइती नेपाल दर्ता भयो," अनुराधा भन्छिन्, "त्यसपछि भने हामीलाई प्रहरी, पत्रकार, वकिल र विद्यार्थीले साथ दिए। त्यहीबेला हामीले आठ जिल्ला पुगेर जनचेतना कार्यक्रम चलायौँ।"



संस्थागत भइसकेपछि भने उनको दैनिकी बदलियो। उठ्यो अभियान। बस्यो अभियान। दौड्यो अभियान। सोच्यो अभियान। चेलिबेटी बेचबिखन रोक्ने प्रयासमा केन्द्रीकृत हुन थालेपछि उनका निजी चाहना ओझेल पर्दै गए। उनले विस्तारै माइती नेपालको जुहिना कस्दै लगिन्। उनलाई देश-विदेशका विभिन्न हितकारीले साथ दिए। बिन्प
mेड किल दम्पतीले छोरी सोजाका नाममा सहयोग गरे। सोजा फाउन्डेसनका नाममा भएको यस सहयोगलाई माइती नेपालले त 'सबैभन्दा पि्रय अभिभावकत्व' नै ठानेको छ। यस फेरोमा भिल्मा मिन्किन, बि्रगेट म्याडसन, जेरन वेग्नर, बालकृष्ण आचार्य, हिरोमी सुजुकी, मामा रोशा, मञ्जु शाक्य, प्रेडो सेनेज र इन्द्रेणी सिन्हाजस्ता सक्रिय अभियन्ता पनि छन्। त्यति मात्र होइन, माइती नेपालले बेलायती युवराज चाल्र्स र किम सिनजस्ता विदेशी संगीतकर्मीको पनि साथ पायो। पाइरहेको छ। माइती नेपालाई सहयोगको दायरा दिन-प्रतिदिन बढ्दो मात्र छैन, चेलिबेटी बेचबिखचनविरुद्धको अभियानकै कारण अनुराधाको छवि त्यत्तिकै अग्लिँदो पनि छ।



कुनै बेला दुईवटा कोठामा मात्र सीमित माइती नेपालले दुई दशकपछि अहिले वाषिर्क सात करोड रुपियाँभन्दा बढीको बासलात सार्वजनिक गर्छ। र, संस्थाको नाममा ३५ करोड रुपियाँभन्दा बढीको सम्पत्ति छ। काठमाडौँको गौशाला नजिकै पिङ्गलास्थानमा रहेको १० रोपनी जग्गामा केन्द्रीय कार्यालय, बाल पुनःस्थापना केन्द्र, टेरेसा एकेडेमी, कानुनी परामर्श केन्द्रजस्ता विभागहरू छन्। उद्धार गरएिका र जोखिममा परेका महिला तथा बालबालिकालाई माइती नेपालले जसरी समाजमा पुनःस्थापना गर्ने आत्मबल र सीपका लागि चक्रीय हिसाबले काम गर्छ, त्यसरी काम गर्ने संस्थाहरू नेपालमा छैनन् भन्दा पनि हुन्छ। "खुसी गुमाएका बहिनी र बालबालिकाहरूको ओठमा थोरै भए पनि मुस्कान देख्दा बडो आनन्द आउँछ," अनुराधा भन्छिन्, "यहाँ जति छन्, त्यो नै मेरो परविार हो। त्यसैले, मेरो परविारको कुनै पनि बेला आकार बढ्न सक्छ।"



त्यसो त ओखलढुंगास्िथत रुम्जाटारको गुरुङ परविारमा जन्मेकी अनुराधाको बाल्यकाल पनि त्यत्तिकै बृहत् परविारमा बितेको रहेछ। भन्छिन्, "हजुरबुबा भारतीय सेनामा भएकाले हामी उतैतिर भयौँ। ८० जनाको परविारलाई भात पाक्थ्यो हामीकहाँ।" कालिम्पोङ छेउछाउका जंगलमा सिकार खेलेको, माछा मारेको, तुम्लिमा भात पकाएको र सधैँ नाचगान गरेको खुब याद आउँछ उनलाई। "सम्भ“mदा मन रोमाञ्चित हुन्छ। हाम्रो परविारमा छोरीलाई कहिल्यै पनि भेदभाव गरएिन। बरु प्राथमिकतामा नै राखियो," उनी भन्छिन्, "महिलामाथि हुने हिंसा भनेपछि मलाई सबैभन्दा बढी घृणा लाग्छ।" त्यसैले होला, अनुराधा सधैँसधँै महिलामाथि हुने सबै प्रकारका विभेदको विपक्षमा कबजजस्तै उभिइन्। उनमा प्रतिरोधी स्वभावको अंकुरण र विकास देखियो। यही सोच र अडानले उनलाई कतिपय सन्दर्भमा बलिष्ठ मात्र देखाएन, कतिपय मोडमा 'कडा मिजास'की भनेर स्थापित पनि गर्‍यो।



चेलिबेटी बेचबिखनविरुद्धको अभियान सुरु भएपछि माइती नेपालले अपराधीहरूका विरुद्ध सयौँ मुद्दा लडेको छ। ४ सय ५० जना अपराधी त अहिले पनि जेलमै छन्। राजनीतिक संरक्षणमा रहेका चेलिबेटी बेच्ने गिरोह छिन्नभिन्न पार्नु कम्ती गाह्रो थिएन। "ज्यानको धम्की त कति पाइयो कति! पहिला-पहिला त प्रहरीले पनि सहयोग गर्न हिच्किचाउँथ्यो। तर, अहिले माइती नेपाल भनेपछि सबैले सहयोग गर्छन्," उनको अनुभवले भन्छ, "गरबिी र अशिक्षाकै कारण महिलाहरू बेचिन्छन्। विस्तारै बेचबिखनका विरुद्ध चेतना अभिवृद्धि हुँदैछ।"



परविर्तनसँगै महिलामाथि हुने हिंसा र त्यसका स्वरूपहरू बदलिएका छन्। शिक्षित र सहरयिा परविारमा पनि अनेकन पारविारकि समस्या देखिन्छन्। छोराले आमाबाबुमाथि, आमाबाबुले छोराछोरीमाथि, श्रीमान्ले श्रीमतीमाथि, श्रीमतीले श्रीमान्माथि वा दिदीबहिनीले दाजुभाइमाथि वा दाजुभाइले दिदीबहिनीमाथि गरेका विविधखाले हिंसाका घटनाहरू पनि अनुराधासम्म आइपुग्छन्। "प्रतिष्ठित र शिक्षितहरू प्रहरी प्रशासनकामा पुग्यो भने बेइज्जत हुन्छ भनेर हामीकहाँ आउँछन्," उनी भन्छिन्, "हामीले मिलेसम्म मिल्न सहयोग गर्ने हो। हामी प्रहरी होइनौँ।" पछिल्ला दिनमा कतिपय पुरुष श्रीमतीबाट ठगिएको भन्दै रुँदै माइती नेपालसम्म आउन थालेका रहेछन्। "वास्तवमा हाम्रो समाजमा परविारभित्रको हार्दिकता गुम्दै गइरहेको छ," पीडा, रोदन, प्रतिशोध र बाध्यताका स्वर सुन्दासुन्दै बानी नै परसिकेकी अनुराधा भन्छिन्, "हिंसाका बैविध्यताहरू खतरनाक रूपमा विकास भइरहेका छन्। अझ सहरमा त बडो विरक्तलाग्दो स्िथति छ।"



सन्तप्त नारीका कारुणिक कथा-व्यथासँग सामीप्य राख्ने अनुराधालाई आफ्नै जीवन भने अक्करे भीरमा फुलेको फूलजस्तो लाग्छ। यो कहिले झरीमा रुझ्छ। कहिले प्रचण्ड घाममा सेकिन्छ। र, कहिले हावाहुरीको साक्षी बन्छ। तर, उनलाई जान्ने-बुझ्नेहरू अनुराधाको सामाजिक, राजनीतिक, आर्थिक, पारविारकि र सांस्कृतिक जीवन भने 'धेरै मूर्त र कम अमूर्त रंगीन कोलाजजस्तो' ठान्छन्। राजाको शासनकालमा मनोनीत सहायक मन्त्री हुँदा पनि उनले कहिल्यै त्यसलाई भजाउनुपरेन। र, अब पनि पर्दैन। उनको सामाजिक छविका अगाडि 'मन्त्री पद' पनि लिलिपुट ठहरयिो। त्यसैले होला, उनी कहीँकतै पनि अरूले प्रसंग उठान नगरेसम्म 'मन्त्री पद'को इतिहास दोहोर्‍याउन चाहन्नन्। "तर पनि, मैले त्यसलाई योगदानको कदरका रूपमा लिएकी छु," अनुराधा भन्छिन्, "त्यो एउटा सन्दर्भका हिसाबले पाइएको अवसर थियो। त्यत्ति हो।"


देश-विदेशका विभिन्न संघसंस्था, व्यक्ति र निकायले आफ्नो योगदानलाई कदर गर्दै दिने पुरस्कार र प्रशंसाले आफूलाई अझै जाँगरलिो पार्ने गरेको बताउँछिन् अनुराधा। घर र कार्यालयमा सजिएका आउटस्ट्यान्डिङ् अवार्ड, जर्मन युनिफेम प्राइज, क्विन सोफिया मेडल, बेस्ट सोसल इन्टरप्रेनर, एम्बेस्डर फर पिस र नारी सम्मानजस्ता पुरस्कारले उनलाई झक्झकाइरहेका छन्। भन्छिन्, "यही सिलसिलामा सीएनएन टप टेन हिरोजको मनोनयनले पनि मलाई मात्र होइन, हाम्रो सिंगो देशलाई नै प्रतिनिधित्व गरेको छ।"

साभार ekantipur.com

Thursday, September 9, 2010

देशको सम्झना

साप्ताहिक पाहुना
सानो बेलामा साथीहरु सीत मिलेर तीज मेला हेर्न गएको क्षण
                                                                                            

खाडी राष्ट्रमा काम गर्न जाने भन्ने बित्तिकै अली बेग्लै नजरले हेर्ने गर्छ हाम्रो समाजले । बिसेष गरी महिलाहरुलाइ । सामुहिक काम गर्न आउने महिलाहरु जस्तै डिपार्टमेन्ट स्टोर क्लनी¨ कम्पनी आदी काममा आउनेको अबस्था भने सुरक्षाको दृष्टिकोणले समेत एकदमै राम्रो रहेको छ । गैरकानुनी बाटो मार्फत घरेलु काममा आउने महिला हरुको अवस्था भने दयनिय त छदैं छ ।
 त्यसो त गैरकानुनी बाटो मार्फत आउने पुरुष कामदारहरु पनी अÏठ्यारो मा भने नपर्ने होइनन् । महिलाहरुपनी पुरष सरह काम गर्नसक्छन भन्ने उदाहरण ख्ाडी राष्ट्रमा कामगर्ने महिलाहरुले देखाएका छन । श्रीमानको मात्र एक्लो कमाइले घरपरीबार धान्न गाह्रोहुन थालेपछी आज भन्दा दुइ बर्ष अघि कामको शिल शिलामा कतार आइपुगीन भरतपुर ५ चितवनकी  उनी  कतार क्लििन¨ कम्पनीमा क्लिनरको रुपमा आएकी हुन  हाल भने उक्त कम्पनीमा गु्रप लिडर भएर काम गरिरहेकी छन ।
 दश कक्षा सम्म अध्यन गरेकी उनी एक छोरीकी आमा हुन । हिन्दु महिलाहरुको महान पर्व हरितालीकातीज नजीकदैं गर्दा दोहामा भेटीएकी उनै हिरा थापा उदासी सँग गरीएको कुरा कानिको सार सक्षेंप :

- तीज आउदैछ कसरी मनाउने बिचारमा हुनुहुन्छ ?

बर्षौ देखी चलिआएको रितीरिवाज महिलाहरुले मानिआएको चाड रमाइलोकों लागी मात्र नभएर परम्परा लाइ जगेर्ना गर्नुपर्छ भन्ने उदेष्यकासाथ साथै प्रबासमा बसे पनी आÏनो चाड पर्व रितीरिवाज भुल्नु हुदैन भन्ने मान्यताका साथ मनाउने भएका छौं । क्याम्पमा भएका सबै दिदी बहिनीहरु मिलेर रमाइलो गरी मनाउने तयारी मा छौ ।
- तीजको महत्व के होला ?
बिवाहीत महिलाले आÏनो श्रीमानको लामो दिर्घायुको कामना गर्दै व्रत बस्ने र अबिवाहीत महिलाले आÏनो हुनेवाला श्रीमानको लामो दिर्घायुको कामना गर्दै व्रत बस्ने गर्छन हुन त चाड पर्व अनुसारको आ आÏनो महत्व हुन्छ । बिवहा गरेर टाढा टाढा भएका दिदी बहिनीहरु बिच भेट घाट गर्ने सुख दुखका वेदनाहरु गित मार्फत पोख्ने अवसर पनी हो यो ।

- खाडीमा महिलाको अबस्था कस्तो पाउनु भयो ?

सामुहिक काम गर्न आउने महिलाहरु जस्तै डिपार्टमेन्ट स्टोर क्लनी¨ कम्पनी आदी काममा आउनेको अबस्था राम्रो छ । गैरकानुनी बाटो मार्फत घरेलु काममा आउने महिला हरुको अवस्था भने दयनिय छ ।


- नेपालमा के गर्नु हुन्थ्यो ?

केहि पनी गर्दीनथें एउटा सामान्य गृहेणी भएर बसेको थीएं ।

- के कारणले बिदेशीनु भयो ?

ब्ोरोजगारी समस्याले गर्दा नै बिदेशीएको हो । केहि गरौं भने गर्नसक्ने स्थिती छैन श्रीमानको मात्र एक्लो कमाइले घरपरीबार धान्न सकिएन । त्यसमाथी झन पढदै गरेकि छोरीको भबिष्यको लागी बिदेशीएको हुँ ।

-तपाइ आउदाको कतार र अहिलेको कतारमा के फरक छ ?


कतारमा छिटो बिकास भनेको बिल्डी¨ कन्ट्रक्सनहरुको भएको छ । जताततै अग्ला घरहरु वनिरहेका छन । सुचना प्रविधीमा केहि बिकास भएको छ ।
- कतार आएर के पाए के गुमाए जस्तो लाग्छ ?
 घर परिबार बाट टाढा हुनुको पिडा अनि सगैंकाम गर्ने साथीहरुको दुख सुखको पिडा थहा पाएं । सानी छोरीको माया र घर परिबार आफन्तको माया गुमाए ।


- कतारमा बसेर देशको के कुरा बारम्बार सम्झनु हुन्छ ?
च्ााड वाड नजिकदै छ । तिज आयो त्यस पछी दशैं तिहार आउदैछ घर परिवार सित च्ााड पर्व मनाएको साथै सानो बेलामा साथीहरु सीत मिलेर तीज मेला हेर्न गएको क्षण बारम्बार सम्झना आउँछ ।


प्रस्तुति- महेश्वर नेपाल

Friday, September 3, 2010

हिमानीको दोलखा भ्रमणको भित्री कुरो

राजाको सक्रिय शासन व्यवस्था-पञ्चायतकालमा दोलखाका उप्रेती र खड्काहरु जिल्लाका मुख्य प्रतिनिधिहरु मानिन्थे। ती खड्काहरुको बसोबास भएको उत्तरी गाविस लादुक र उप्रेतीहरुको बसोबास भएको नाम्दु गाविस राजावादीहरुको आधारक्षेत्रजस्तै भएर अस्तित्वमा रहे। दोलखा जिल्लाको क्षेत्र नं १ मा पर्ने नाम्दुलाई केन्द्र बनाएर उप्रेतिले राज गरे भने क्षैत्र नं २ मा पर्ने लादुकलाई आधार बनाएर राजाको काज चलाए। वास्तवमा तिनै उप्रेति र खड्काहरुको अत्याचार र निरंकुशताको विरोध गर्दागर्दै अधिकांश दोलखालीहरु वामपन्थी बने भने दोलखा जिल्ला वामपन्थीहरुको भरपर्दो आधार क्षेत्र बन्यो। बहुदल स्थापनापछि सम्पन्न निर्वाचनहरुमा एमालेलाई मत जाहेर गर्दै आएको दोलखालीले पछिल्लो संविधानसभा निर्वाचनमा माओवादी पार्टीलाई दुवै क्षेत्रबाट अत्यधिक मतले विजयी गराएका हुन्।


देशमा सञ्चालित जनयुद्ध अवधिमा जनयुद्ध र त्यसका सञ्चालकहरुलाई अत्यधिक सहभागिता र माया गरे दोलखालीले। त्यो भनेको राजतन्त्रप्रतिको आक्रोशको स्वाभाविक रुप थियो। देशमा २०६२/६३ को ऐतिहासिक जनआन्दोलनपछि शान्तिकालको बिहानीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोलखाको जिरी घुम्न आउँदा सबैभन्दा बढी खुसी र स्वागत नाम्दुवासी जनताले नै प्रकट गरेका थिए। त्यसो हुनु भनेको राजा र उनका स्थानीय गोठाला उप्रेतीहरुको शासन उखेल्ने साहसिक क्रान्ति नायकको रुपमा सम्मान गर्दै उप्रेतीसँगको आक्रोश प्रचण्डप्रति प्रेमको रुपमा प्रकट गरेका थिए।

आज संविधानसभा निर्वाचनपछि राजतन्त्र अन्त्य भएको तर जनताको संघीय गणतन्त्र संस्थागत भइनसकेको संक्रमणकालीन अवस्थामा प्रतिक्रियावादी चलखेल तीव्र भएको छ। भारतीय हस्तक्षेप सँगसँगै बनवासका राजाहरुको ताण्डव नृत्य पनि सुरु भएको छ। मसानघाटमा पुगिसकेको भनिएको राजतन्त्रको भूत गाउँगाउँमा निस्किँदा नेपाली जनता आतंकित हुनु स्वाभाविक छ। यही भदौ १४/१५ गते पूर्व युवराज्ञी हिमानी शाहको दोलखा भ्रमण राजतन्त्र बिउँताउने प्रारम्भिक कोसिसको रुपमा हामी सबैले देख्न र बुझ्न पायौँ। हिमानीले दोलखाका दुई स्थान छनोट गरिन्। पहिलो, भीमसेनस्थानको मूर्तिमा पसिना आउँदा दरबारमा संकट हुन्छ भन्ने आमचर्चा र विश्वास बोकेको ऐतिहासिक भीमेश्वर मन्दिरमा पूजा गरेर आफ्नो पुनर्बासको भाकल गरिन् भने आफ्नो इतिहासको आधारक्षेत्र नाम्दुमा खानेपानी ट्यांकी र पाइप बाँडेर पुनर्काजको याचना गरिन्। उनको दोलखा भ्रमण सक्रिय राजतन्त्रको पुनर्राज गराउने प्रयत्न हो भन्ने स्वतः पुष्टि भएको छ।

राजपरिवारको जिल्ला दोडाहा यो नै पहिलो र नौलो भने होइन। परन्तु उनको भ्रमण प्रकृति र चरित्र भने फरक छ। हिमानी दोलखा आइन् रे भन्दा एउटा नागरिकको आगमन भनेर बुझ्ने नै बढी थिए। उनको आगमनको बढी चर्चा गर्दा स्वयम्को मूल्य बढी होला कि भन्ने बुझाइ थियो। विषय त्यतिखेर जटिल बन्यो, उनी आउने अघिल्लो राति नेपाली सेना र दरबारको केही कर्मचारीहरुको सक्रियतामा खाने पानीको पाइप र ट्यांकी ल्याइएकोे हल्ला चल्यो। दोलखामा कार्यरत मुख्य तीन पार्टीहरु माओवादी, एमाले र काग्रेसका जिल्ला नेतृत्वबीच छलफल भयो। उनी दोलखामा आएको दिन भदौ १४ गते चरिकोटमा आयोजित एक खुला कार्यक्रममा आमसञ्चारकर्मी, नागरिक समाज र अन्य अधिकारकर्मीहरुको रोहवरमा युवराज्ञीले बहालवाला नागरिकको रुपमा भीमेश्वरको दर्शन गर्नु स्वाभाविक भए पनि गाउँगाउँ गएर विकास बाँड्ने कार्य प्रतिगामी हस्तक्षेप हो। सक्रिय राजतन्त्र बिउँताउने षड्यन्त्र हो भनी त्यसलाई रोक्न स्थानीय प्रशासनलाई सचेत गराउने कार्य भयो। स्थानीय प्रशासनले बिन्ती गरेको जानकारी गरायो तर दरबारी टोलीले गन्तव्य बदलेन। अपितु ठूला पार्टीका उच्च नेताहरुसँग छलफल भइसक्यो, तिमीहरुले किन नमान्ने भनी प्रशासन अधिकारीलाई धम्की दिने काम भयो। त्यसको जानकारी सबै दलका नेताहरुलाई गराइयो।

भदौ १५ गते बिहान राष्ट्रिय स्तरका समाचारमाध्यमले हिमानीको भ्रमणसँग जोडेर माओवादी पार्टीको उछितो काढ्ने गरी भ्रामक समाचार छापेपछि दोलखा माओवादी पार्टी कार्यालयबाट उनीहरुलाई गाउँ नजान कडा चेतावनी जारी गरियो। स्थानीय प्रशासनले पनि अनुरोध दोहोर्‍यायो। परन्तु टेर्ने काम भएन। त्यसपछि गृह मन्त्रालयमा 'यो स्थिति हो भने हामी काम गर्न सक्दैनौँ तुरुन्तै भ्रमण रोक्नु पर्‍यो भनी अनुरोध गर्‍यो। जिल्ला प्रशासनको अनुरोधको आधारमा गृहसचिवले हिमानीको टोलीलाई खबर गर्दा जिल्लाका सिडियो डिएसपीले हिमानी भ्रमण दलका चुल्ठेमुन्द्रेहरुको धम्की खानु पर्‍यो। जिल्लाको सिडियोलाई अपरिचित एक महिलाले कार्यालय कम्पाउण्डमा नै गएर दिएको धम्की दोलखाली सचेत नागरिकका लागि चासोको विषय बनेको छ। यो सम्पूर्ण नेपाली नागरिक र राष्ट्र सेवक कर्मचारीका लागि गम्भीर चिन्ताको विषय हो।

त्यसपछि बाटोमा अवरोध छ जानु हुँदैन भन्दा सुरक्षाकर्मी भनिने हिमानीका सेवकहरुबाट अवरोध पन्छाउदै नाम्दु लैजाने काम भयो। त्यस क्रममा यस पंक्तिकारलाई मोबाइल नं ९८४१४१७९५८ बाट मसिनो स्वरमा धम्क्याउने शैलीले अवरोध नगर्न आदेश आयो। मैले ठाडो प्रतिकार गरेँ, म राजतन्त्रको पुनः अन्त्य र गणतन्त्र स्थापनाका लागि समर्पित योद्धा हुँ नधम्क्याउँदा हुन्छ भनेँ। त्यसपछि भेटेर छलफल गर्ने प्रस्तावमाथि र त्यस्तै खालको अन्य जनतालाई सुविधा पुग्ने सहयोग गर्छौँ भन्ने अनि ललीपप पनि † मैले ठाडै अस्वीकार गरे। यसरी जिल्लाका पार्टी प्रतिनिधिहरु र सुरक्षा अधिकारीहरुलाई धम्की दिएर आफूखुसी भाषण गर्दै हिँड्नु गणतन्त्रप्रतिको ठाडो बलात्कार होइन र † मात्र सचेत नागरिकले बुझ्नै पर्ने भएको छ।

दरबारिया प्रतिगामी शक्तिको यस खालको चलखेल कथित राष्ट्रवादी पदचापको रुपमा 'सामान्य नागरिक' को हैसियतले भइराखेको छ। उनीहरु सामान्य नागरिक हुन खोजेको भए स्थानीय प्रशासन र सर्वदलीय आग्रहको भावनामुताविक चल्थे होलान्। उनीहरुले सांस्कृतिक राजसंस्था खोजेको भए भीमेश्वरलाई दर्शन गरी अनाथ बालबालिकालाई प्रसाद दिएर फर्कन्थे होलान्। तर, आफ्नो इतिहासको किपटथलो खोज्दै त्यसको शिला पुज्न भौतारिनु भनेको सक्रिय राजतन्त्रको पुनर्बहाली गर्ने दुस्प्रयास हो। त्यहाँ विकासका नाममा कथित हिन्दू अधिराज्यको माग भएको र राजनीतिक दलहरुको भण्डाफोर गरिएको पर्चा बाँडिएको छ। कथित 'राष्ट्रिय सरोकार मञ्च नेपाल' नामक सस्थाको आयोजना र पहलमा केन्द्रदेखि अंञ्चल कमिटी जिल्ला कमिटी र जिल्ला-काठमाडौँ सम्पर्क कमिटीको समेत संगठनात्मक फर्मेसनमा राजावादीहरुको चलखेल भएको तथ्यको रहस्योद्घाटन भएको छ।

नेपाली जनताले आफ्नो भाग्य र भविष्य सुनिश्चित भएको स्थायी शान्ति र जनमुखी संविधान खोजी गरी राखेको बेला एकातिर बाह्य हस्तक्षेप तीव्र भइरहेको छ भने त्यसको विकल्पमा कथित राष्ट्रवादी नारा बोकेर आन्तरिक प्रतिगामी चलखेल उत्कर्षमा जाँदैछ। वास्तवमा भारतीय चलखेलको विरोध गरेजस्तो गरेर धमिलो पानीमा माछा मार्ने नियतले दरबारिया चलखेल बढेको छ। प्रतिगामीहरु आफैँभित्र दुई धुव बनाएर नेपालका राजनीतिक दलहरुलाई यो वा त्यो भनी रंग भर्न सक्रिय देखिन्छन्। नेपालका दल र तिनका ठूला नेताहरुलाई चेतना भया, भारत † वा दरबार † होइन नेपाली जनता तिम्रो ध्रुव हो। त्यसैमा हामीले विश्वास गर्नुपर्छ, नेपाली जनताले नै शान्ति र संविधानको ग्यारेन्टी गराउनेछन्।



                                                                                                                  श्रोत- नागरिक निउज

Monday, August 30, 2010

सुचना ! सुचना !! सुचना !!!


सुचना !

Saturday, August 28, 2010

मेरो प्यारो गाँउ खनालथोक

नीरबहादुर लामा



कतारमा पाइला टेकेको २ बसन्त पार गर्न लाग्दा मलाई २० वर्षा बितेको जस्तो कठिन महसूस भइरहेको छ l  मेरो प्यारो गाँउ खनालथोक सदरमुकामदेखी झंडई २० किलोमिटरमा पुग्न सकिन्छ यो गाँउमा भिबिन्न जातजातिहरुको बसोबास छ जसमा खनाल .श्रेष्ठ , अधिकारी , हुमागाईं , दमै, बि .क.,र धेरै संख्या मा तमांग जति को बसोबस रहेकोछ l

यस भेगको बिकाश निर्माणको लागि शान्ति जना आदर्श क्लब यु .न .डी.पी ., सी .सी .यस नेपाल .न अर न .सस्था हरु आघि बढिरहेको छ l सबै गाँउमा बिजुलिबती, मोटर बाटो ,खानेपानी सुरक्छित चर्पी, धुवारहित बिकसित चुल्हो पुगिसकेको छ यस गा. बि .स .मा दस हजार जनासंख्या भएको आनुमन गरिएको छ l सिक्ष्या छेत्रमा दुई ओटा प्लस टु र पांच ओटा प्राथमिक बिध्यालय रहेको छ l

      यस भेगको जन जीवनको उपचार्थको लागि धुलिखेल हस्पिटल छ यसले दैनिक हजारौ छिमेकी गा.बि स. को जनतालाई सेवा प्रदान गर्दै मुख्य कार्य गर्दै आईरहेको छ यसले दैनिक हजारौबिरामी को उपचार गर्ने गर्दछ l लगभग ३५ वर्ग किलोमिटरमा फैलिएको यस भेगमा आफनै रितिरिवाज र परम्परा छन् चाडपर्ब मा दशै , तिहार , माघेसंक्रांन्ति , जनैपूर्णिमा , साउन पुर्णिमा यहाको प्रमुख चाड हुन् भने तामांग हरुको बिशेष चाड लोछार र चैतपुर्णिमा , कार्तिक पुर्णिमा र चण्डीपुर्णिमा हुन् चण्डी पुर्णिमामा यस गाँउमा तामांग जातिले परम्परागत रुपमा मारुनी नाच देखाऊछ्न र चण्डीपुर्णिमा पुर्णिमा कार्तिक पुर्णिमा र चैत पुर्णिमा मा तामांग जतिको परम्परा गत रुपमा दिबंग्गत पितृको चिरशान्तिको कामना गर्दै लामा गुरुबाट मृतकको नाममा छो ( बिशेष किशिमको फलफुल ) चदायर दीयो बती बाल्छन र जनै पुर्णिमामा नेवार जतिको बिशेष किशिमको नाच नाच्ने गर्दछन र जनै पुर्णिमाको भोली पल्ट गाइजात्रा निकाल्छन दिबंग्गत आत्मा हरुको नाममा l


हरियाली र प्रकृतिका सुन्दरता भएको मेरो गाँउभौतिक रुपमा पनि त्यतिकै आग्रस्थानामा पर्छ l यस गाँउ बाट डाक्टर एरोनेतिकला प्लेन बनउने इन्जीनियर , कम्प्युटर इन्जीनियार भाषा , बिदान साहित्यकार जन्मिसकेको  यस भेगको जनजीवनमा आमुल्परिबर्तान आएको छ गाँउको आगन बाट कल कल बहेको रोशिले अझ अर्को शोभा बढाएको छ l


काभ्रे खनालथोक -०९
हाल - दोहा कतार

Wednesday, August 25, 2010

"म अनि सुनाखरी फूल"

"म अनि सुनाखरी फूल"
                                                                                                  महेश्वर नेपाल


हुरि, बतास जस्तै आऊ
झरि, बर्षा असिना बन
म हिम्मत हार्ने छैन
पृथ्वीको गर्भ भित्र
लुकेको सत्य भु्रम हुँ म
गोर्खालीको सन्तान बनी
भिरमा फुलेको फूल हुँ म
म मा कसैको राग छैन
स्वीकार गर्नु पर्ने बाद छैन
तर,
हल्लै हल्लाको यो शहरमा
बाद र द्धेष भरिएको तलाउमा
यहाँका होचा मानिसहरु
म माथि शंका गर्छन्
राग, द्धेष र बादले
मेरो अनुहार पोतिदिन्छन्
अनि बनाउँछन् आफुलाई मन पर्ने रंग
कालो रातो र सेतो
निलो हरियो र पहेँलो ।
तिमी जुन सुकै रंगले पोत
चाहे आफ्नो प्रतिबिम्बहरु
मेरो अनुहार भरि टाँस
यसले तिम्रो औकात मात्र झल्कन्छ
किन भने मेरो अस्तित्व बिम्ब बनेर
औंशीको अध्यारोमा जून जस्तै टल्कन्छ
जस्को अगाडि तिमी खग्रास हौ
रोशनी बिहिन ग्रहहरुको झुण्ड हौ ।

यो सत्य हो
पृथ्वीको अस्तीत्व जस्तै सत्य
मैले सत्यको वकालद गर्दा या
सत्यको पक्षमा कमल चलाउँदा
तिम्रो शरिरबाट कायरताको
पसिना तप्प तप्प चुहिन्छ
अनि गर्जन्छौ बिना पानीको
बादल या असिना जस्तै
तिम्रा पछाडि बिल्गेट्स होलान्

होलान बिन लादेनका समर्थक
या कुनै गतिलो नेताको छाँया
अफसोच,
म लोभिने छैन बिल्गेट्सको धन देिख
डराउँने छैन म लादेनको धम्कि देिख
झुक्किने छैन कसैको सुन्दर छाँया देिख
किन भने
म नेपालीको अस्तित्व जोगाउँने
एक नंम्बरको अकबरी सुन हुँ ।
रुखको कापमा फकि्रएको सुनाखरी फुल हुँ

-महेश्वर नेपाल

सचिव
नवोदित साहित्यिक मोवाइल पुस्तकालय , कातर

प्रेस बिग्यप्ती नवोदित साहित्यिक मोवाइल पुस्तकालय ,कतारको

दोहा-स्वदेश भन्दा काशौं दूर प्रवासमा सपनाको हिउँदे खेति गरिरहेका एक हूल श्रमजिवी युवाहरु आफ्नो र परिवारको सपनाहरुलाई थाति राखेर नेपाली भाषा र साहित्य वाङ्गयमा अहोरात्र खटि रहेकाछन् । डायास्पोरामा साहित्य प्रति जागरुक जनमानसको रुची र माग बमोजिम साहित्य कला र अन्य विविध विधासँग सम्बन्धित पुस्तकहरु उपलब्ध गराई साहित्यिक तिर्खा मेटाउँदै नेपाली भाषा संस्कृति र साहित्यलाई मात्र हैन नेपाल राष्ट्रलाई नै बिश्व मानचित्रमा चिनाउँन प्रयासरत छन् । अध्ययन र अनुसन्धानले मानिसलाई मात्र हैन समाज र देशलाई नै अग्रगामी दिशाबोध गराउँनेछ । व्यक्तित्व विकाश साहित्य लेखनमा निखारता अनि सचेत र शिक्षित समाजको निर्माणमा सहयोग गर्ने उद्देश्यले जागरुक साहित्यिकारहरुको पहलमा मध्यपूर्वको कतारमा २०६६ सालमा स्थापना भएको हो नवोदित मोवाइल पुस्तकालय ।


चुनौतिलाई अवसरको रुपमा लिने उदेस्यका साथ विगत एक वर्षदेखि संचालित यो पुस्तकालय कतारका नेपालीहरु माझ अत्यन्तै लोकपि्रय हुँदै आएको हो । यो पुस्तकालय कुनै संस्थागत रुपमा विधान दर्ता गरी संचालन भएको नभई सकि्रय साहित्यकारहरुको मौखिक सहमतिमा नवोदित साहित्यिक वाचनालयका संस्थापकहरु सँग सहमति गरि पुस्तकालय सँग सम्बन्धित केही नीति नियमहरु बनाएर चलाएको कुरा सम्बन्धित सबैमा विदितै छ । यसले हासिल गरेको लोकपि्रयता विगत देखि वर्तमान सम्मका अनुभव र साझा पुस्तकालयको रुपमा यसले बनाएको पहिचानको अस्तित्व रक्षाको निम्ति साथै पाठकहरुलाई छिटो छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने उदेस्यका पुस्तकालय बिस्तार गर्नु पर्ने भएको हुनाले विधिवत रुपमा संस्था दर्ता गरेरै अगाडि बढ्नु पर्ने आवश्यकता महशुस गरिएको हो । नवोदितका संस्थापकहरु लगायत पुस्तकालयका शुभेच्छुकहरु सँग बृहत छलफल गरि यहि १५ अगष्ट २०१०का दिन नेपाली राजदुतावासको कार्यलय दोहा कतारमा नवोदित साहित्यिक मोवाइल पुस्तकालयको नाममा विधिवत दर्ता गरी संचालनमा ल्याएका छौ । हामी सम्पुर्ण साहित्यप्रेमी तथा पुस्तकालय पाठकहरुलाई भ्रममा नपर्न आग्रह गर्न चाहान्छौ यो कसैको पनि मातहतमा या कुनै पनि संघ संस्थाहरुको झण्डा मुनी नभई नेपाली राजदुतावास दोहा कतारको संरक्षकत्वमा रहने एक स्वतन्त्र साहित्यिक पुस्तकालय हो । कतारमा रहनु भएका सम्पूर्ण समाजसेवी ,व्यवसायी ,वुद्धिजिवी ,लेखक ,पत्रकार, पाठक ,स्रष्टा ,सर्जक ,श्रमजीवी वर्गहरुबाट यस पुस्तकालयलाई विगतमा जस्तै सल्लाह सुझाव र निरन्तर सहयोगको अपेक्षा गर्दछौ ।



नवोदित साहित्यिक मोवाइल पुस्तकालय ,कतार




Friday, June 11, 2010

तलब नपाएपछि श्रमअदालतमा

महेश्वोर नेपाल   दोहा / कर्तियाद स्थित एक बिल्डिंग कन्ट्रक्सन मा काम गर्न आएका चार नेपाली ले बिगत छ महिना देखि तलब पाएका छैनन् तलब नपाए पछि
उनि हेरु दुताबास मार्फत लेबरकोर्ट मा पुगेका छन् l त्यहाँ कार्यरत तलब नपाउने हेरुमा महोतरीका सुरेश शाह कामु ,रुपन्देहीका रामप्रसाद चौधरी ,धरानका दिलिप बिश्वकर्मा र धरानकै मिनकुमार तामांग रहेका छन् l महोतरीका सुरेश शाह कामु भने बयालीस महिना अघि कतार आएका थिए भने चौधरी ,बिश्वकर्मा र तामांग सोह्र महिना अघि तनुवा भिसा मा कतार आएका थिए छुटी गएर आएको सात महिना भयो एक महिना को तलब दियो बाकी छ महिना को तलब पाएको छैन l सधै को बन्द र महंगी देखि दिक्क लगेर फेरी कतार आए यहाँ आएपछि एस्तो अवस्था आइपर्यो भिसा को डेट पनि सकिन लग्यो अन्त काम गर्न जाउ पुलिश को डर महोतरीका सुरेश शाह कामु भन्दै थिए /घर मा बल बच्चा छाडेर उनि हेरु को उज्ज्वल भबिस्य को कामना गर्दै दुइ पैसा कमाउन का लागि कतार आएको सुरु मा त समयमै तलब दिन्थ्यो अहिले छ महिना भयो तलब पाएको छैन / दुकान मा पनि रासन पनि बन्द गरिदियो आफु सित भएको केहि पैसा पनि सकिन लग्यो अब के गरि लेबर कोर्ट धाउने हो था छैन / रुपन्देहीका रामप्रसाद चौधरी भन्दै थिए /येस्तई गुनासो पोख्दै थिए धरानका दिलिप बिश्वकर्मा सुरु मा कम्पनी ले भिसा नलगाईदिए पछि गरामा (जरिवाना )आएको छ भन्दै भिसा र गरामा (जरिवाना) को पैसा तलब बाटै काटिदियो /एस्तो मा कसरी काम गर्ने उपाय मिल्यो भने नेपाल मै केहि गर्नु पर्ला / उनि हेरुएक साता देखि काम छाडेर ३० मे मा दुताबास पुगेका थिए भने ३ जुलाई मा दुताबास मार्फत लेबर कोर्ट मा पुगेका थिए /अब ७ जुलाई मा फेरी लेबर्कोर्ट मा बोलाएको छ उनि हेरु भन्दै थिए /

Tuesday, May 25, 2010

कदर स्वरुप काभ्रे प्रवासी सेवा समितिका संस्थापकद्धय लाई सामान

महेश्वोर नेपाल दोहा 

परदेशको भूमिमा सेवाप्रदायक संस्था स्थापनाको अभ्रि्रेरणा र काभ्रे  बाट  कतार पुगेका काभ्रेलीहरुलाई एउटै छातामुनि ल्याउने अभियानको थालनी गरेकोले  कदर स्वरुप काभ्रे प्रवासी सेवा समितिका संस्थापकद्धय अरुण थापा र प्रकाश सापकोटा लाई दोहा मा समानित गरिएको हो  ।  

  यही मे २१ तारिखका दिन दोहास्थित नेपालीभान्छा घर रेष्टुरेण्टको सभाहलमा भएको कार्यक्रममा आयोजक कमिटिका संयोजक तथा काभ्रे प्रवासी सेवा समितिका वर्तमान सचिव मुकुन्द खरेलले खादा ओढाएर र  उपाध्यक्ष निर बहादुर तामाङ्गले कदरपत्र हस्तान्तरण गरेर उहाँहरुलाई सम्मान गर्नुभएको थियो सम्मानपछि बोल्दै अरुण थापाले भविश्यका लागि पनि सरसल्लाह र सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । थापाले अगाडि भन्नुभयो-सवैको साथ र सहयोगले मात्र सामाजिक संस्थाको परिकल्पना साकार हुनसक्छ ।
देश फर्केर दोहा कतारमा रहने काभ्रेलीहरुलाई काभ्रेसँगको सामिप्यतामा गाँस्न एउटा समन्वयात्मक संस्थाको लागि पहल गर्ने बताउँदै अर्का सम्मानित प्रकाश सापकोटाले त्यसले परदेशमा रहने काभ्रेलीहरुलाई आफ्नो जन्मभूमिसँग भावनात्मक रुपले समिपमा राख्न मदत गर्ने आशा व्यक्त गर्नुभयो ।कार्यक्रम प्रेम लामा ले सञ्चालन गर्नु भएको थियो भने स्वागत  मंतब्य महेश्वोर नेपाल ले राख्नु  भएको थियो नीर लामा को सभापतित्वोमा सम्पन्न क्रायक्रम मा
संस्थाका सदस्य आशमान लामालगायतले अन्य सदस्य हेरू ले थापा र सापकोटाको उज्ज्वल भविश्यको कामनासहित हार्दिक बधाईसहित विदाईगर्नुभयो ।थापा येही २२ में मा नेपाल फर्कनु भयो भने सापकोटा केही दिन पछी फर्कदै  हुनुहुन्छ

दोस्रो खुल्ला कविता प्रतियोगिता-२०६७ को आयोजना

"भाषाको उत्थान नेपालीको पहिचान"


नवोदित साहित्यिक वाचनालय दोहा कतारले आदिकवि भानुभक्तको १९७ आंै जन्म जयन्तिको अवसर पारेर दोस्रो खुल्ला कविता प्रतियोगिता-२०६७ को आयोजना गर्न गई रहेको सबै स्रष्टा र सर्जकहरुमा जानकारी गराउँदछौ । दर्शक र श्रोताको प्रत्यक्ष सहभागिमा भोटिङ्ग गरेर विजेताहरु घोषणा गरिने भएको हुदा हरेक शुक्रबार दिनको ४ बजेबाट ६ बजे सम्म जेद्धापार्कमा आफ्नो कविता लिएर दर्ता गर्न हुन सबै कवि र कवयत्रीहरुमा आव्हान गरिन्छ ।




नेपाली भाषा र साहित्यको लागि अहोरात्र खटेर पुस्तक प्रकाशन गर्नु हुने स्रष्टाहरुको उच्च सम्मान गर्दै हाल कतारमा नै रहि बिधागत या मिश्रित बिधामा कृति प्रकाशन गर्नु हुने स्रष्टाहरुको पुस्तकबाट एउटा कृतिलाई हरेक वर्ष उत्कृष्ट पुस्तकको एवार्ड सहित नगद पुरस्कार प्रदान गरिने जानकारी गराईन्छ । आफ्नो १ प्रति कृति नवोदित साहित्यिक वाचनालय दोहा, कतारमा बुझाई दिन हुन हार्दिक अपिल गर्दछौ ।





कविता प्रतियोगिता सम्बन्धि केहि नियम र जानकारीहरु


१ कविता मौलिक र अप्रकाशित हुनु पर्ने छ ।

२ कविताले कसैको व्यक्तिगत नैतिकतामा ठेस पुर्याउन पाईने छैन ।

३ राष्ट्र, राष्ट्रियता, जाति, धर्म, लिङ्ग र सामप्रदायी उथल पुथल ल्याउने कवितालाई प्रतियोगितामा सहभागि गराईने छैन ।

४ कतार सरकार साथै कतारको कानुनलाई मान्य नहुने भावर्थ भएको कवितालाई प्रतियोगितामा समावेश गराईने छैन ।

५ कविता स्वयम कवि या कवयत्रीहरुले उपस्थीत भएर वाचन सहित जेद्धापार्कमा नै दर्ता गराउनु पर्ने छ । अरुको हातबाट आएका कवितालाई मान्यता दिईने छैन ।

६ कविता ०९ जुलाई २०१० सम्ममा आई पुग्नु पर्ने छ । त्यस भन्दा पछि या कार्यक्रममा आएका कविताहरुलाई सहभागि गराईने या वाचन गर्न दिईने छैन ।

७ विस्तृत् जानकारीको लागि तल दिईएका व्यक्तिहरु नवोदितका सदस्यहरु या E-mail : naboditsw@gmail.com मा मेल गरेर बुझ्न सक्नु हुनेछ । पुरस्कृत विजेतालाई नगदको पनि व्यवस्था छ ।







कृति दर्ता सम्बन्धी केहि नियम र जानकारीहरु


१ कृतिकार स्वयमले आफ्नो १ प्रति फोटो र कृति सहित करि २५।- नवोदितमा बुझाउनु पर्ने छ
२ संस्थागत स्मारिका मुखपत्र या अनुवाद कृतिलाई सहभागि गराईने छैन ।

३ नेपालमा रहि पुस्तक प्रकाशन गरि कतार आउँदा ल्याईएका कृतिलाई मान्यता दिईने छैन । तर विदाको समयमा गएर प्रकाशन गरि ल्याईएका कृतिलाई भने समावेश गरिने छ ।

४ मातृभाषामा भएका कृतिलाई पनि मान्यता दिईने छ ।

५ कतारमा रहि कृति प्रकाशन गर्नु भएका तर हात नेपाल रहनु भएका कृतिकारहरुले आधिकारीक पत्र सहित कसैलाई कृति दर्ता गराउन खटाएमा त्यस्तो कृतिलाई पनि समावेश गराईने छ ।

६ चाहे त्यो विधागत होस या मिश्रित साहित्यिक कृतिलाई मात्र मान्यता दिने जानकारी गराईन्छ । कृति २५ जुन २०१० सम्ममा दर्ता गराइै सक्नु पर्ने छ ।

७ विस्तृत् जानकारीको लागि तल दिईएका व्यक्तिहरु नवोदितका सदस्यहरु या E-mail : naboditsw@gmail.com मा मेल गरेर बुझ्न सक्नु हुनेछ ।




सम्पर्क ः

तीर्थ संगम राई- ६४०२२६१, ७४२१९०४ (अल हिलाल)
इश्वर दाहाल कविजी- ५७५४४५९ (एयपोर्ट नजिक)
भोजराज दाहाल- ५०८१९१०, ७८६९२३० (सनैया)
कृष्ण क्षितिज राई-६७९८६७४ (न्यु सलता)
नवराज विक-५३१२८३२ (सनैया)
राजेश्वर ढकाल- ६४१४६५१, ७९४३२९७ (दोहा)
महेश्वर नेपाल- ३४९३४५६ (दोहा)

Tuesday, May 18, 2010

-महेश्वोर नेपाल / राजेश्वोर ढकाल
दोहा- ”भाषाको उत्थान ,नेपाली को पहिचान”भन्ने मुल नारा बोकेर अगिबढेको नवोदित साहित्यिक वाचनालयले आफनो २८ औं वाचन श्रृखला नेशनल स्थित फ्रर्क रेष्टुरेन्टको सभाकक्षमा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष भोजराज दाहालको सभापतित्व तथा नेपाल दूतावासका प्रथम सचिव रामकाजी खड्काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथि नवोदित साहित्यिक वाचनालयका संरक्षँक टिवी कार्की, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषदका उपाध्यक्ष सागर नेपाल , गैर आवासिय नेपाली संघ राष्टिय परिषद कतारका अध्यक्ष नरेन्द्र भाट र अतिथिहरुमा सिनेसरोका केन्द्रका अध्यक्ष जितेन भण्डारी,सिन्धुपाल्चोक श्रृजनशिलका अध्यक्षँ विमल गिरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
जीवन र जगतलाई बुझने क्षण हो साहित्य साहित्यको आफनै परिभाष हुन्छ दोहाको जैद्धा पार्क देखी सुरुभएको वाचन श्रृखला आज २८ औं सम्म आईपुगेकोमा र नेपाली दूतावासलाई साहित्यिक माहोल बनाएर यहाँ सम्म निम्त्याएकोमा खुशि ब्यक्त गर्दै -दुताबसका प्रथम सचिब रामकाजी खडकाले
“धाएर पनि चुम्न सकिन तिमीलाई निकै टाढा रहेछौ
आएर पनि घुम्न कठिन तिमीलाई निकै टाढा रहेछौ 

बुभ्न सकिन उचाइ अनि गहिराइ कति हो तिम्रो
सुमेरु सरी घुम्न कठिन तिमीलाई निकै टाढा रहेछौ ।

जिबीकाको लडाईं भरि तिरमिर तिरमिर अस्पष्ट
धोएर आँखा देख्न कठिन तिमीलाई निकै टाढा रहेछौ ।

जीवनका उकाली अनि ओह्रालीमा तिमै्र नाम जपेर
खोजेर पनि चिन्न कठिन तिमीलाई निकै टाढा रहेछौं ।

नजीक आउ, समीपमा उद्धेश्य कदापि टाढा नजाउ
जागेर पनि छुन कठिन तिमीलाई निकै टाढा रहेछौ ।
गजल बाचन गरेका थिए ।
उक्त कार्यक्रममा वाचनालयको सल्लाहकार गिरि श्रीस मगरलाई सम्मान गरीएको छ । नेपाली दूतावासका प्रथम सचिव रामकाजी खड्काले दोसल्ला, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्षँ सागर नेपालले भादगाउँले टोपी, गैर आवासिय नेपाली संघ राष्ट्रिय परिषद कतारका अध्यक्ष नरेन्द्र भाट र संस्थाका संरक्षक टिवी कार्कीले सम्मान पत्र प्रदान गरि उनलाई सम्मान गरिएको थियो । प्रवासमा रहेर पनि नेपाली भाषा साहित्य प्रति उनले खेलेको भुमीकाको कदर गर्दै तथा नवोदित साहित्यमा उनले दिएको योगदानको प्रसंसा गर्दै सम्मान गरेको हो ।
सम्मानित मगरले सुखदुख दुवै किसिमका मनोभावना साहित्यमा पोखिरहेको बताउदै दोहालाई छाडेर गएपनि हरेक महिनाको दोस्रो शुक्रबार हुने वाचन श्रृखलालाई सधै सम्झने उनको तर्क थियो । चुनौतिलाई अवसरको रुपमा लिनुपर्छ उनले भने । १२ घण्टा काममा खटिएर पनि नथाकेका नवयुवक प्राकृतात्मक रुपमा लागकोमा खुशी ब्यक्त गदै आफु नेपालमा रहेर पनि सधै दोहालाई सम्झने बताए । उनी यही मई १५ माँ स्वदेश फर्किसकेका छन !
“मुटुभित्र धड्कन नभएसास फेर्ने कुरा कता
जन्म दियौ आमा तिमीले तिमी कता म कता”

माथीका यीहरफहरु वाचन गर्दै , मुलुक वाहिरको अर्को मुलुक नेपाल अर्थात बन्दहडताल नहुने नेपालमा साहित्यमा तल्लीन युवाहरुको प्रसंसा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषदका उपाध्यक्ष सागर नेपालले गरे ।
उपस्थित श्रठाहरु बद्री परसाद पराजुली, कृष्ण क्षितिज,नबराज बि.क अटल ,तीर्थ संगम राइ,इश्वोर दाहाल कबिजी ,बिमल गिरी ,बिक्रम चेतनशील राइ,चर्चित ढुंगेल ,जगतराम बर्दवा घायल ,इन्द्रमणि नेपाल ,महेंद्र बियोगी गुरुंग ,संकल्प खनाल ,महेश्वोर नेपाल लगायत का श्रठाहरुले गजल ,कबिता ,हाईकु,मुक्तक बाचन गरेका थीय ! उक्त बाचीत रचनाहरु सिने सरोकार केन्द्रको ब्यानरमा बन्दै गरेको चलचित्र इसारा जिन्दगीमा कैद गरिएको छ ।
राष्ट्रिय गान र शहिदहरु प्रति एकमिनेट मौनधारण गरेर सुरु भएको कार्यक्रमको संचालन तिर्थसंगम राईले गरे । स्वागत मनतब्य संस्थाका संरक्षक टिवी काकीले दिए ! वाचनालयको २८ औं श्रृखलाको बारेमा जानकारी संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष बदि्रप्रसाद पराजुलीले प्रकाशित पारेका थिए .! गिरि श्रीस मगरको जीवनि बारे नवोदित मोवाईल पुस्तकालयका सचिव इश्वर दाहाल कविजीले प्रष्ट पारेका थिए भने आतिथिहरु ली ब्याज बितर्ण कोपिला कार्किले गरेकी थीन ।

Sunday, May 16, 2010

गोरखा प्रवासी संघको छैठौं साधारण सभा सम्पन्न

-राजेश्वोर ढकाल
दोहा-”शान्ति न्याय र राष्ट्रियताको पक्षमा इतिहासका गोरखालीहरु फेरी पनि उठौं,गतिशिल समज र संविधान निमाणका लागि प्रवासबाटै जुटौं” भन्ने मुल नाराका साथ गोरखा प्रवासी संघको छैठौं साधारण सभा गत शुक्रबार दोहा स्थित ढाका रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ ।

गोरखा प्रवासी संघका अध्यक्ष श्रीकृष्ण भट्टराईको सभापतित्व नेपाली दूतावासका महामहिम राजदुत डा.सूर्यनाथ मिश्रको प्रमुख आथित्यमा सम्पन्न सभामा विशेष अतिथि गैर आवासीय नेपाली संघ मध्यपूर्व संयोजक तथा गोरखा प्रवासी संघका संरक्षक बद्री प्रसाद पाण्डे ,गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष सागर नेपाल अतिथीहरुमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका बरिसता वरिष्ठ उपाध्यक्ष अजिजुर रहमान शेख ,प्रवासी नेपाली जनजाति महासंघका अध्यक्ष अमृत गुरुङ ,प्रवासी नेपाली मुस्लिम समाजका सचिव करिम बक्स मियाँ,कास्की आदर्श सेवा समाजका राम प्रसाद गौतम ,पाथिभरा सेवा समाजका अध्यक्ष बलबहादुर महत,उदयपुर सेवा समाजका राम सूयेल, सेफ्टी अवारनेशका अध्यक्ष राधाकृष्ण देव ,नेपाली जनप्रगतिशिल मन्च माचका अध्यक्ष होमनाथ शर्मा, नेपाली जनसम्पर्क समितीका महामन्त्री विमल सुवेदी, नेपाल लोकतान्त्रिक मन्च का उपाध्यक्ष बिष्णु बहादुर विष्ट, कतार नेपाली एकता समाजका उपाध्यक्ष नरबहादुर थापा ,गैर आवासीय नेपाली मजदुर संघका अध्यक्ष भरोसी ठाकुर लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

प्रमुख अतिथि नेपाली दूतावासका महामहिम राजदूत सूर्यनाथ मिश्र तथा अन्य अतिथीहरुबाट ब्यानर अनवरत र दिप प्रज्वलन गरिएको कार्यक्रमका संचालक गोरखा प्रवासी संघका सचिव गणेश बानियाले गरे भने स्वागत मन्तब्य संस्था कै उपाध्यक्ष आशबहादुर गुरुङले दिएका थिए ।
नेपाली दूतावासका महामहिम राजदूत सुर्यनाथ मिश्रले गोरखा प्रवासी संघले नेपालीको हक हितको लागि काम गर्नुको साथै नियोगसंग खेलेको भूमीका प्रसंसनिय रहेको बताउदै नियोगको अभियानलाई ३ बटा बुदामा प्रस्तुत गरेका थिए ।
१. अलपत्रमा परेका नेपालीलाई भोजन र टिकट उपलव्ध गराउनु ।
२.नेपाली श्रमजिवीहरुको विरुद्धमा ठगिदलालीशोषित निर्मुल पार्ने ।
३.नेपाली श्रमजिवीको रोजिरोटि ब्यवस्थीत बनाउने ।
यी माथीका बुदाहरुमा गोरखा प्रवासी संघले विगतमा पनि सहयोग गरेको र आगामि नयाँ बन्ने कार्यसमितीबाट पनि यस्तै अपेक्षा नियोगले राखेको बताए । उनले भने काम गर्ने क्रममा सवैलाई सन्तुष्ट पार्न नसकिने र एउटा नेपालीलाई परेको पीडा प्रति नियोग मूकदर्शक भएर बस्न नसक्ने बताउदै पीडितलाई न्याय दिने क्रममा अर्को नेपालीलाई चित्त दुखाई स्वभाविक हो, त्यसैले यस्ता आफ्नो कमजोरीलाई सुधार्न सुझाब दिए ।
विगत केहि बर्ष देखि नियोगले चालेको कदमलाई कतारमा रहेका संघसंस्था र मिडीयाहरुले उल्लेखनिया भूमीका खेलेको र नियोगले सबैलाई समान दृष्ट्रिले देख्ने बताउदै आगामी समयमा पनि नियोग नेपाली श्रमजिवीको हकहित र अधिकारको पक्षमा नै रहने साथै सबै संघसंस्था,ब्यक्तिले धर्म र दायित्व सम्झिएर नियोगलाई सहयोग गर्नलाई पनि आव्हान गरे । अन्तमा गोरखा प्रवासी संघको कार्यकालको पूर्ण सफलताको प्रशंशा गर्दै अव वन्ने नयाँ कार्यसमिती पनि चुस्त र सवल बन्न सकोस् भन्दै कामना गरेका थिए ।
गोरखालीले सम्पूर्ण नेपालको प्रतिनिधित्व गर्दै विश्वलाई चकित पारेको इतिहास अझ पनि वर्तमानकै रुपमा विश्वले हेरिरहेको बताउँदै गोरखा प्रवासी संघ र यसमा आवद्ध सम्पूर्ण गोरखालीले अझ यो भन्दा बढि गर्नुपर्ने तर्क गैर आवासीय नेपाली संघ मध्यपूर्व संयोजक तथा गोरखा प्रवासी संघका संरक्षक वद्रीप्रसाद पाण्डेले राखे ।
गोरखा प्रवासी संघले पीडित नेपालीको पक्षमा खेलेको भूमीका प्रसंसनिय रहेको प्रवासी नेपाली मुस्लिम समाजका सचिव करिम बक्स मियाँले बताए । ब्यक्ति गत कुरालाई समाज र समाजको कुरालाई राजनितीमा नजोडन सम्पूर्ण संघसंस्थालाई आग्रह गर्दै प्रवासी नेपाली मुस्लिम समाजले कुनै पनि संस्थालाइ राजनितीक तवरले नर्हेन उनको तर्क थियो । आगामी बन्ने कार्यसमितीले गोरखाली मुस्लीमहरुलाई पनि समावेश गरेमा समितिले पूणता पाउने बताए । यस्तै अन्य बक्ताहरुले पनि गोरखा प्रवासी संघले सामाजिक कार्यमा गरेको योगदानको चर्चा गर्दै नयाँ बन्ने कार्यसमितीलाई शुभकामना दिएका थिए ।

कार्यक्रमका सभापति श्रीकृष्ण भट्टराईले आफ्नो विगतको कार्यकालको मुल्याङ्कन गरि राय,सल्ला र सुझाव दिनुभएकोमा धन्यवाद प्रकट गर्दै ,गोरखा प्रवासी संघले आगामि दिनहरुमा पनि राय र सल्लाहलाई आत्मसात गर्ने बताए । साथै नयाँ बन्ने कार्यसमिती नयाँ जोश,जाँगर,नयाँ अनुभवको साथ संस्थालाई अझ माथि उठाउन सकोस् भन्ने कामना पनि गरे ।
उक्त कार्यक्रममा नेपाली दूतावासका महामहिम सुर्यनार्थ मिश्रलाई संघका अध्यक्ष श्रीकृष्ण भट्टराई र संरक्षक पाण्डेले दोसल्ला ओढाई सम्मान गरिएको थियो । श्रमजिवी प्रवासी मजदुरको हकहित र अधिकारको निम्ती उनले खेलेको भूमीकाको कदर गर्दै संस्थाले सम्मान गरकेको हो ।
निर्वाचन समितीका संयोजक वालकृष्ण पौडेलले संघको बिषयमा नाम फेरवदल गर्ने निर्णय अन्तर्गत हालको विघटित पूर्व समितीको बैठकले विधान शंशोधन गरी गोरखा प्रवासी संघको नामलाई गोरखा सेवा समाज राखिएको सम्पूर्णलाई उपस्थितहरुलाई जानकारी गराउदै निवाचन प्रकिया अगाडि बढाएका थिए ।
नयाँ कार्य समितीहरु सवै सर्वसम्मतबाट चुनिएको र अध्यक्ष पदमा कसैको पनि आवेदन पर्न नआएपछि सवैको राय ,सुझाब तथा विगतको कार्यकालमा मुल्याङ्कन गर्दै पूर्व अध्यक्ष भट्टराईलाइ नै पदको नयाँ कार्यभार सुम्पिएको थियो ।
उक्त सभामा श्रीकृष्ण भट्टराईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती गठन गरिएको छ । जस्मा उपाध्यक्ष-गणेश बानिया ,उपाध्यक्ष-आशबहादुर गुरुङ,सचिव-संजय पोखरेल,सहसचिव-जमिम मियाँ,कोषाध्यक्ष-दीपक अधिकारी,सहकोषाध्यक्ष-लेखनाथ बंजरा छन । सदस्यहरु-राजेश्वर ढकाल,सुर्दशन भट्ट,दिनेश गुरुङ,ज्ञानेन्द्र अम्गाई,दुर्गा प्रसाद श्रेष्ठ,जगत राम वर्देवा “घायल”,तारानाथ ढकाल,इश्वरप्रसाद श्रेष्ठ,होमबहादुर वि.क .र एक सदस्य पछि पदपुर्ति गर्ने उक्त समितिले बताएको छ । निवाचित कार्यसमितीलाई संयोजक बालकृष्ण पौडेलले शपथ खुवाएका थिए । स्मरण रहोस गोरखा प्रवासी संघको नाम यसै साधारण सभाबाट गोरखा सेवा समाज राखिएको छ ।

Monday, April 26, 2010

कबिता त्यो सगरमाथा


                                                                                            महेश्वोर नेपाल                       








प्रलयकारी बादल सित लुकामारी खेल्दै
कुहिरो चिरेर  ठिङ उभिरहेछ
सदियु देखी त्यो सगरमाथा                        
अथाह र अनन्त उचाइ लिइ
नेपाल र नेपाली को परिचय दिइ
सरा ब्रहमान्ड को कृयकलप नियालिरहेछ
ब्रहमान्ड  का  सरा मानिस लाई लठ्ठ परिरहेछ


उसको स्पर्श मा रम्न चाहनेहरु 
छाड माछाड गर्दै
उस को छातीलाई अङगालोले बेरेर
स्वप्नलिन हुँदै चिर निन्द्रा मा परिरहेन   
ए हिमालय पर्बत का नायक  
दुनिया को मोती
अनी नेपाल को गौरब   
अब त तिमि पनि चोखो र निश्चल भएनौ है  !
कहिले तिम्रो उचाईलाई लिएर
तिम्रो अस्तित्व लुट्ने प्रयत्न गरिन्छ
त कहिले तिम्रो पबित्र भुमि मा
कुखुरा को साप्रा लुछाचुडी गर्दै कक्टेल पार्टी मा
मान्छे हरु ताण्डव निर्त्य नाचीरहन्छन
तिमि माथि यत्रो अन्याय हुदा पनि
न त माछापुछ्रे ले साथ दियो
न त गौरीसंकर , अन्नपुर्ण , मनास्लु र लोत्से ले नै साथ दिए
न्याय र अन्याय छुट्याउन बसेको
स्वयम्भु को दुइ आखा मा पनि अब त मोति बिन्दु लागेछ क्यारे    
अब कसले साथ दिने खोइ  तिमि लाई ?
सबै आफ्नु आफ्नु भाग  मागी रहेछन
तिमि कसको  भाग मा परेउ हँ ?










चंण्डनी  मण्डन ५ जोगीटार 

काभ्रेपलान्चोक 
हाल :- दोहा कातर

Monday, April 19, 2010

कलाकार लाई सम्मान

-राजेश्वर ढकाल " बाबु "
दोहा- नायिका रंजिता गुरूङलाई कतारमा सम्मान गरीएको छ । युनिटी शुभकामना साँझ नामक साँस्कृतिक कार्यक्रममा आफ्नो कला देखाउन कतार आएको अवसर पारी गोरखा प्रवासी संघ तथा तमु बौध सेवा समितिले गत शनिवार दोहा प्यालेस होटलमा गोरखाली चेली तथा तमू चेली नायिका रंजिता गुरूङलाई सम्मान गरेको हो ।
“फुलमा मौरी डुल्ने बेलामा कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा…॥” “उकाली उकालीमा दाईने पर्यो वर …।” जस्ता चर्चित लोकदोहोरी तथा आधुनीक गीत करिव २ सय म्युजिक भिडीयोमा अभिनय गरिसकेकी गुरूङले “दशगजा” तथा “गोर्खा पल्टन” जस्ता ठुला चलचित्रमा मुख्य भूमीका निर्वाह गरेकी छिन ।
        गोरखा जिल्लाबाटै पहिलो नायिकाको रुपमा गुरूङलाई पाउदा हामी गर्ववान्वित भएको र तमू सस्कृतीहरुलाई पनि उजागर गर्ने काम गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौ भन्दै नयाँवर्षको शुभकामना तथा उज्वल भविष्यको कामना बक्त्ताहरुले राखेका थिए ।
पहिलो पटक कतार आएकी गुरूङले कतारमा नेपालीहरु धेरै छन भनेको त सुनेको थिए तर यसरी आफ्नै जिल्लाको तथा जातको संस्थाहरु छ भन्ने थाहा नभएको बताउदै प्रवासमा आएर यसरी सम्मानित हुँला भन्ने सोचेको पनि थिईन उनले भनिन । गोरखा प्रवासी संघ र तमुबौध सेवा समितिले बोलाएको कार्यक्रममा आफु जती ब्यस्त भएपनि आउने उनको तर्क थियो ।
तमु बौध सेवा समितिका अध्यक्षँ जगन तमूको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा कार्यक्रमको बारेमा गोरखा प्रवासी संघका अध्यक्ष श्रीकृष्ण भट्टराईले प्रष्ट पारेका थिए । सल्लाहकार बुधवल गुरूङले संचालन गरेको कार्यक्रममा दुवै संस्थाका प्रतिनिधीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।
  “फुलमा मौरी डुल्नेबेलामा कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा…….”चचित लोकदोरी गीत तथा “उकाली उकालीमा दाईने पर्यो बर ……”    जस्ता आधुनिक गीतको म्युजिक भिडीयोमा अभिनय प्रस्तुत गरिसकेकिन रञ्जिता गुरूङले करीव २ सय जति म्युजिक भिडीयोमा अभिनय गरिसकेकी छिन ।
                       
कला क्षेत्रमा ३ वर्ष पहिले प्रवेस गरेकी गुरूङ अहिले ठुला चलचित्रमा मुख्य नायिकाको रुपमा देखिन थालेकी छिन । सिमा अतिकमर्णको विषयमा निमार्ण  गरिएको चलचित्र “दशगजा”मा मुख्य नायिकाको भूमीका निवाह गरेर ठुलो पर्दामा आएकी गुरूङले “गोरखा पल्टन” चलचित्रमा समेत अभिनय गरिसकेकी छिन ।
                           
गोरखा थालाजुङमा २०४५ सालमा जन्मिएकी उनी गत अप्रैल १३ मा युनिटी शुभकामना साझमा दोहा आएकी छिन । दोहा आएको अवसरमा गोरखाली चेली तथा तमु चेलीलाई गोरखा प्रवासी संघ र तमु बौध सेवा समितिले शनिबार सम्मान गरेको छ । यसै अवसरमा उनीसंग हाम्रा मित्र  राजेश्वर ढकाल " बाबु "ले गर्नु भएको अन्तरंग  कुराकानी को कही अंश
  • रमाइलो मंडन :-  कस्तो लाग्यो त कतार ?
रञ्जिता :- साह्रै रमाईलो लाग्यो । यहाँ दर्शकहरुको माया धेरै पाए धेरै खुशी छु । नेपालीहरु धेरै छन भनेको त सुनेको थिए तर संघ संस्थाहरु छन भन्ने चाहि थाहा थिएन ।
  • रमाइलो मंडन :- सम्मानित हुन पाउदा कस्तो लाग्यो त ?
रञ्जिता :- खुशीको सिमानै छैन प्रदेश आएर यसरी सम्मानित हुन्छ भन्ने सोचेको थिईन ।
३ वर्ष पहिले आएको हुँ । करीव २ सय म्युजिक भिडीयोमा अभिनय गरिसकेको छु । हाल आएर ठुला पर्दाका चलचित्र दशगजा र गोरखा पल्टनमा समेत अभिनय गरेको छु ।
  • रमाइलो मंडन :-  कसरी ठुला पर्दामा अभिनय गर्ने अवसर आयो त ?
रञ्जिता :- दशगजाको लागि मंगोलियन अनुहारको खोजी भइरहदा मलाई सेलेक्ट गरेको हो । कलाक्षेत्रलाई नै निरन्तरता दिनुहुन्छ ? हजुर अब यस क्षेत्रलाईनै निरन्तराता दिनेछु । उज्यालो चलचित्रमा साइन गरेर आएको छु । यहाबाट गएपछि यसको सूटिंगमा लाग्ने छु ।
  •  रमाइलो मंडन :- फेरी पनि कतारमा बोलाए भने आउनु हुन्छ ?
रञ्जिता :- अहिलेको कार्यक्रमले साह्रै उत्साहित बनाएको छ । फेरी पनि दशर्कको माया पाए अवश्य आउनेछु । दर्शकहरु भनेका हाम्रा लागि भगवान हुन ।
  • रमाइलो मंडन :- कतारबासी तपाईलाई माया गर्ने दर्शकहरुलाई के भन्न चाहानुहुन्छ ?
रञ्जिता :- सर्वप्रर्थम त नयाँवर्ष २०६७ को सम्पूर्ण प्रवासी नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना दिनचाहान्छु । यहाँ दुख गरेर, पसिना बगाएर कमाएको धनलाई सहि ठाउमा सदुपयोग गर्नुहोला । नेपाली कलासंस्कृतिलाई माया गर्नुहोला ।

Sports

http://www.ramailomandan.blogspot.com">